नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी ८ सहमतिपत्रमा हस्ताक्षर
वि.सं.२०८१ मंसिर १८ मंगलवार
काठमाडौं । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवद्धन, प्राविधिक सहयोग आदानप्रदान लगायत विभिन्न ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको होे ।
नेपालबाट परराष्ट्रसचिव र सचिवले हस्ताक्षर गरेका छन् । प्राविधिक तथा आर्थिक सहायता, नेपालका उत्पादन निर्यात, केही परियोजना निर्माणलगायतका विषयहरू समावेश छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ पुगेको हो ।
प्रकाशित समय : ११:४३ बजे






















