back

क्यान नुवाकोटको अध्यक्षमा नारायणकुमार घले निर्वाचित

nactional life

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) जिल्ला शाखा नुवाकोटको तेस्रो अधिवेशनले नारायणकुमार घलेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ।

घलेको नेतृत्वमा सात सदस्यीय कार्यसमिति गठन भएको छ । जसले स्थानीय स्तरमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को विकास, डिजिटल साक्षरता प्रवर्द्धन, र युवा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ।

अधिवेशनले उपाध्यक्षमा तारा रिमाल नेपाल, सचिवमा सुनिल श्रेष्ठ, कोषाध्यक्षमा अजय नगरकोटी,सहसचिवमा विशाल सापकोटा र सदस्यहरूमा रामकृष्ण देवकोटा, हेमन्तराज घिमिरे रहेका छन् । क्यान नुवाकोटको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन क्यान महासङ्घका केन्द्रीय महासचिव चिरञ्जिवी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा अधिकारीले नारायणकुमार घलेलाई एक गतिशील नेतृत्वकर्ता भन्दै, स्थानीय स्तरमा आईसीटी विकास, डिजिटल साक्षरता, र युवा केन्द्रित गतिविधिमा ध्यान केन्द्रित गर्न सुझाव दिए । चिरञ्जिवी अधिकारी नेपाल चेम्बर अफ कमर्सका साइबर सुरक्षा सल्लाहकार, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका आईसीटी विशेषज्ञ सदस्य, र नेपाल कपीराइट कार्यालयका आईसीटी विशेषज्ञ पनि हुन् ।

पद हस्तान्तरण कार्यक्रमका क्रममा क्यान महासङ्घका केन्द्रीय महासचिव चिरञ्जिवी अधिकारी, सचिव शेखरनाथ दुलाल, र निवर्तमान अध्यक्ष पवन नेपालले नवनिर्वाचित पदाधिकारीहरूलाई टिका, खादा, र प्रमाणपत्र प्रदान गरे।

कम्प्युटर एशोसिएसन नेपाल ९क्यान० महासङ्घ सन् १९९२ मा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको संस्थागत विकासका लागि गैरनाफामूलक संस्थाको रूपमा स्थापना भएको हो। आईसीटी क्षेत्रमा संलग्न विज्ञ, जनशक्ति, र व्यवसायीहरूको छाता संगठनको रूपमा क्यानले डिजिटल परिवर्तन र प्रविधि प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।

नयाँ कार्यसमितिले नुवाकोट जिल्लामा डिजिटल परिवर्तनलाई तीव्रता दिनका लागि विभिन्न नवीन कार्यक्रम र परियोजनाहरू अघि बढाउने अपेक्षा गरिएको छ।

नवनिर्वाचित कार्यसमितिमा चयन भएका निम्न पदाधिकारीहरू:

अध्यक्ष: नारायणकुमार घले
उपाध्यक्ष: तारा रिमाल नेपाल
सचिव: सुनिल श्रेष्ठ
कोषाध्यक्ष: अजय नगरकोटी
सहसचिव: विशाल सापकोटा
सदस्यहरू: रामकृष्ण देवकोटा र हेमन्तराज घिमिरे

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

नेपाललाई ‘ग्लोबल टेक हब’ बनाउन व्यापक नीतिगत सुधार आवश्यक : चिरञ्जीवी अधिकारी

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:३१

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान महासंघ) को कार्यवाहक अध्यक्ष...

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस :रमेश घिमिरे

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई बजेटमार्फत वैध बनाइयोस :रमेश घिमिरे

वि.सं.२०८३ जेठ १२ मंगलवार १५:२९

काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले सेकेन्ड...

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३५

पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवद्र्धनलाई...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

वि.सं.२०८३ जेठ ११ सोमवार १४:१९

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

वि.सं.२०८३ जेठ १० आइतवार १५:२६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य...