back

इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानः अन्जुलाले जितिन् काठमाडौंमा घर

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुला घिमिरेले काठमाडौंमा घर जित्न सफल भएका छन्।

मंसिरर १२ गते, बुधबार, इसेवा मनि ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजसँगै कान्तिपुर टेलिभिजन मार्फत बम्पर उपहार स्वरुप घर जित्न सफल भाग्यशाली विजेताको घोषणा गरिएको थियो ।

प्रत्यक्ष प्रसारण मार्फत डिजिटल गोलाप्रथाको मध्यमबाट अन्जुला घिमिरेले महालक्ष्मी नगरपालिका ललितपुर वडा नं ३, इमाडोलमा करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर जित्न सफल भए । विजेता अन्जुला घिमिरेले रोमानियाबाट ईसेवा मनि ट्रान्सफरमार्फत इसेवा वालेटमा रेमिट्यान्स पठाएका थिए।

इसेवा मनि ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सको वैधानिकता प्रवर्द्धन गर्न र डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्न ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको हो ।

यसै अन्तर्गत, २०८० असोज १ देखि कात्तिक ३०, २०८१ गतेसम्म रेमिट्यान्स पठाउने सहभागीमध्येबाट एक जनालाई बम्पर उपहार स्वरूप काठमाडौंमा घर दिने घोषणा गरेको थियो।

कार्यक्रममा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले डिजिटल रेमिट्यान्सको महत्त्व र यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावबारे चर्चा गरे । उनले भने, ‘मेरो डिजिटल देश’ अभियानले रेमिट्यान्सलाई वैधानिक बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।’

इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले विजेतालाई बधाई दिँदै भने, ‘डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै विश्वभर रहेका नेपालीहरूलाई आफ्नो देश र परिवारसँग अझ नजिक बनाउन ‘मेरो डिजिटल देश’ अभियानले महत्त्वपूर्ण योगदान पुर्याएको छ।’

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनि ट्रान्सफरले परम्परागत शैलीका साथै डिजिटल माध्यमबाट पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...