ङादी ग्रुप पावरको हकप्रद शेयरमा बुक क्लोज मिति तय
वि.सं.२०८१ मंसिर १० सोमवार
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले १०० प्रतिशत हकप्रद शेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ ।
कम्पनीले हकप्रद शेयर बिक्री प्रयोजनका लागि मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । मंसिर १७ गतेसम्म कायम रहने शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् ।
बोर्डले कम्पनीलाई १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९३ कित्ता हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो ।
कम्पनीले हकप्रद शेयरबाट प्राप्त रकम आयोजनाको मर्मत संभार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ ।

प्रकाशित समय : १६:५५ बजे





















