सानिमा जीआइसी इन्सुरेन्सले हकप्रद शेयर बिक्री गर्न अनुमति माग्यो
वि.सं.२०८१ मंसिर ९ आइतवार
काठमाडौं । सानिमा जीआइसी इन्सुरेन्स लिमिटेडले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले १०ः२.५ अनुपातमा ५० लाख कित्ता हकप्रद शेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । साथै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५० करोड रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्नेछ ।
कम्पनीको हाल दुई अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको छ । हकप्रद पछि कम्पनीको पुँजी बढेर २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
प्रकाशित समय : १७:४३ बजे





















