एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको मूल्य
वि.सं.२०८१ मंसिर १० सोमवार
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ ।
सरकारले सुनको भन्सार महसुल घटाएसँगै मूल्यमा भारी गिरावट आएको हो । गत बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सुनको भन्सार २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५१ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार सुन तोलामा १ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको भाउ पनि ह्वात्तै घटेको छ । आज चाँदी तोलामा ११५ रुपैयाँ घटेर १ हजार ८४५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी १ हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रकाशित समय : १०:४३ बजे


















