back

सन्दर्भ उद्योग दिवस स् ‘स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम बन्छ’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा उद्यमी तथा नवप्रवर्तकका लागि ‘स्टार्ट अप’ लाई सरकारले लोकप्रिय कार्यक्रमका रूपमा अगाडि बढाएको बताएका छन् ।

मन्त्रालयद्वारा ‘उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ दशौँ राष्ट्रिय दिवसका अवसरको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘स्टार्ट अप’ कार्यक्रमलाई लोकप्रिय बनाउन निजीक्षेत्र र बैंक तथा वित्तिय क्षेत्रको पनि उत्तिकै सहयोग आवश्यक रहेको औँल्याए । मन्त्री भण्डारीले बैंक तथा वित्तिय संस्थालाई ‘स्टार्ट अप’ सँग जोडेर थन्किएर रहेको पुँजीलाई चलायमान बनाउन आग्रह गरे ।

मन्त्री भण्डारीले मुलुकमा देखिएको औद्योगिक क्षेत्रको निराशा चिर्न सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता रहेको बताए । कानुनी रूपमा देखिएका जटिलता हटाएर सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको उनको भनाइ थियो ।

“निजी क्षेत्र र सरकारबीच सहकार्य भए समृद्धि टाढा छैन”, मन्त्री भण्डारीले भने, “सरकार निजी क्षेत्रले भनेअनुसार बाधक रहेका सबै कानुन संशोधन गर्न तयार छ, निजी क्षेत्रले लगानीमैत्री वातावरण बनाउनका लागि कानुनका विषयमा आवश्यक छलफलसहित सुझाव दिन म आग्रह गर्दछु ।”

उद्योग मन्त्रालयसँग सम्बन्धित ऐन, नियम र कानुन लामो समयदेखि संसद् र संसदिय समितिमा अड्किएको अवस्था रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले एउटा मन्त्रालयको कानुनले अर्को मन्त्रालय नचिन्ने वातावरण हटाउन सरकार नीतिगत रूपमै लागेको जानकारी गराए ।

nactional life
Corporatebazar 11 Anniversary

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३९

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

सामान्य बढ्यो सुनचाँदीको मूल्य

सामान्य बढ्यो सुनचाँदीको मूल्य

वि.सं.२०८३ वैशाख ३ बिहीवार १२:२३

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ९बिहीबार०का लागि विदेशी मुद्राको...

एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो

एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:२८

काठमाडौं । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति...