सुन -चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ मंसिर २ आइतवार
काठमाडौं । नेपाली बजारमा आईतबार, सुन र चाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला १०० रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
प्रकाशित समय : ११:२२ बजे





















