back

क्रसर व्यवसाय मुलुकको आर्थिक परिवर्तनको लागि अपरिहार्य छः सभापति खाँन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खाँनले क्रसर व्यवसाय मुलुकको आर्थिक परिवर्तनको लागि अपरिहार्य रहेको बताएका छन् ।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको दसौँ तथा एघारौं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशनमा बोल्दै उनले वर्तमान सरकारले पनि सो विषयलाई मध्यनजर गर्दै व्यवसायीहरुलाई नीतिगत रुपमा सहज गराउन आवश्यक रहेको बताएका हुन् ।

सरकारले तत्काल कानुनबमोजिम दर्ता भएका उद्योगहरू नवीकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले नेपाल सरकारबाट कानुनबमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरू नविकरण गरी सञ्चालन गर्ने वातावरण बनाउँदा राज्यको अर्थतन्त्र बलियो हुने दाबी गरे ।

खाँनले सुखी नेपाल र समृद्धि नेपालको परिकल्पना खानी र उद्योगको बिना सहज नहुने बताउँदै यसको प्रयोग भएको गर्न सरकारले काम गर्नुपर्ने बताएका छन् । उनले भने,“खेर गएको नदीजन्य सामाग्रीको प्रयोग कसरी गर्ने विषयमा हामीले आज ध्यान दिन सकेका छैनौँ । यसमा ध्यान दिदाँ राज्यलाई नै फाइदा हुन्छ।’’

उनले क्रसर व्यवसायीको समस्या सामाधन गर्ने सरकार अन्धो र बैरो रहेको समेत आरोप लगाए । उनले राज्यको अर्थनीतिले निजी क्षेत्रलाई निरुत्साहित गर्ने खालको आउँदा नीजि क्षेत्रलाई निरुत्साहित बनाएको बताए ।

उनले क्रसर महासंघ कमजोर हुनु भनेको देश नै कमजोर हुने भएकाले यस संस्थालाई बलियो बनाएर समग्र अर्थतन्त्र बलियो बनाउनको लागि सुझाव समेत दिएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...