सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ कात्तिक २९ बिहीवार
काठमाडौं । कात्तिक २९ गते, बिहीबार, सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला दुई हजार २०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे छापावाल सुन प्रतितोला एक लाख ६२ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो पाँच कारोबार दिनदेखि सुनको मूल्यमा निरन्तर रुपमा घटेको छ ।
यस्तै चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९०५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । हिजाे चाँदीको मूल्य प्रतितोला एक हजार ९४० रुपैयाँ खरिदबिक्री भएको थियो ।
प्रकाशित समय : १३:०२ बजे





















