हिमालयन क्यापिटलको सातौं वार्षिक साधारण सभा सम्पन्न
वि.सं.२०८१ कात्तिक २८ बुधवार
काठमाडौँ । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । कम्पनीले क्यापिटलको केन्द्रीय कार्यालय बागमती प्रदेश, कमलादी–२८, काठमाडौँ (आइ.टि प्लाजा) मा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत नगद लाभांश वितरणको स्वीकृति पनि सभा मार्फत पारित गरिएको छ । साधारण सभामा संस्थाका संचालकहरुको पुर्ननियुक्ति सम्बन्धि प्रस्ताव पनि अनुमोदन गरेको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ का उपलब्धिहरूको समीक्षा गर्दै संस्थाका अध्यक्ष सुनील प्रसाद गोर्खालीले संस्थाका भावी योजनाहरु बारे मन्थन गरी संस्थाका शेयरधनीहरु, ग्राहकहरु र सरोकारवालाहरुलाई उनीहरुको निरन्तर साथ र सहयोगको लागी हार्दिक आभार ब्यक्त गरे ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संस्थाले प्रविधिको उच्चतम प्रयोग गर्दै आफ्ना सबै ग्राहकहरूलाई आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रकाशित समय : १८:०९ बजे





















