सुन चाँदिको मूल्य सामान्य घट्यो
वि.सं.२०८१ कात्तिक २५ आइतवार
काठमाडौँ । आज साताको पहिलो दिन सुन चाँदिको मूल्य घटेको छ । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँ खरिदबिक्री भइरहेको छ ।
प्रकाशित समय : ११:१८ बजे





















