नेपाल बैंकका ग्राहकलाई एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसमा विशेष छुट
वि.सं.२०८१ कात्तिक १६ शुक्रवार
काठमाडौं । नेपाल बैंकका ग्राहकले एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्राईभेट लिमिटेडमा छुट पाउने भएका छन्। बैंक र बानेश्वरमा अवस्थित यस हस्पिटलबीच कात्र्तिक १२ गते ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको हो।
सम्झौता अनुसार नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमाखाता रहेका ग्राहकहरुलाई नयाँबानेश्वरमा रहेको ASG Eye care and Health Service उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्राप्त हुनेछ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई र बैंकमाखाता रहेका ग्राहकहरुलाई क्लिनिकको विविध सेवाहरुमालाग्ने शुल्कहरुमाबिल रकमको १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र अस्पतालको तर्फबाट बजारीकरण प्रबन्धकश्री सन्जीब कुमार ठाकुरले हस्ताक्षर गरेका हुन्।
प्रकाशित समय : १०:४८ बजे





















