माछापुच्छ्रे क्यापिटलद्वारा श्री आदर्श माध्यमिक विद्यालयलाई विभिन्न सामाग्रीहरू प्रदान
वि.सं.२०८१ कात्तिक १३ मंगलवार
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले शुक्रबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रामग्राम ५, परासी, नवलपरासीस्थित “श्री आदर्श माध्यमिक विद्यालय”लाई विभिन्न सामाग्रीहरू प्रदान गरेको छ ।
बैंकले विद्यालयलाई सौजन्य स्वरुप सुरक्षित खानेपानीको लागि १२ थान स्टिल फिल्टर, सफा वातावरणको लागि १५ थान डस्टबिन तथा १२ थान मग लगायतका सामानहरु प्रदान गरेको हो ।
उक्त समारोहमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार लगायत क्यापिटलका अन्य पदाधिकारीहरु तथा विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादव, प्रधानाध्यापक ऋषि राम ढकाल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक तथा विद्यार्थी वर्गहरु तथा अभिभावक समितिका अध्यक्ष लगायत सदस्यहरु उपस्थित थिए ।
प्रकाशित समय : १३:५७ बजे






















