back

एशियन लाइफको बिजनेश अचिभर्स अवार्ड २०२४ भव्य रुपमा सम्पन्न

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बिजनेश अचिभर्स अवार्ड २०२४ अभिकर्ता सम्मान् समारोह भव्य रुपमा सम्पन्न भएको छ ।

पोखरा ग्राण्ड होटलमा शनिबारदेखि सोमबारसम्म सञ्चालन उक्त समारोह दुई सय जना बढी अभिकर्ताहरूको उपस्थितीमा सम्पन्न भएको हो ।

समारोहका अवसरमा व्यवसायीक अभिकर्ताको दक्षता अभिवृद्धिका लागि भारतीय प्रशिक्षक शैय्यद अहमद अफजलले व्यवसायीक प्रशिक्षण दिएका थिए । उनले जीवन बीमा योजनालाइ कसरी पारिवारिक र सामाजिक आवश्यक्ता र जीवनचक्र जोडेर बिक्री गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिए।

इन्स्योरेन्सका अनुसार समारोहका अवसरमा आर्थिक वर्ष २०८०–८१ मा क्लब मेम्बर र बिजनेश म्यानेजरका लागि योग्य भएका अभिकर्तालाई सम्मान गरिएको थियो। उनीहरूलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

सो समारोहका अवसरमा क्लब मेम्बर मध्ये गत आवमा देशभरमा क्लब मेम्बरतर्फ प्रथम खुदा प्रसाद द‌‌गाल चाबहिल) , द्वितीय जसी राम विक र तृतीय महेश कुमार श्रेष्ठ (हात्तीगौंडा) लाई बिजनेश म्यानेजर खेमराज गिरी (दाङ), प्रवेश मान मानन्धर (सुर्खेत) र देवका कुमारी बराल (वीरगंज) लाई बिजनेश अचिभर्स अवार्डबाट सम्मान गरेको थियो ।

यसैगरी सुपर बिएम केशव राज गिरी र गोविन्द पन्थलाई पनि कम्पनीले सम्मान गरेको छ। इन्स्योरेन्सका अनुसार प्रत्यक्ष कमिशन आम्दानीका आधारमा तोकिएको व्यवसायीक लक्ष्य पुरा गर्ने अभिकर्तालाई क्लब मेम्बर र अभिकर्ता सञ्जालमार्फत् व्यवसायीक लक्ष्य पुरा गर्ने अभिकर्तालाई बिजनेश म्यानेजर क्लबको सदस्यता दिइने गरेको छ।

सहभागिता अभिकर्तालाई इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुली र पेशागत अभिकर्ता संघ बीमक समितिका अध्यक्ष दामोदर लामिछानेले प्रसंशा पत्र सहित सम्मान गरेका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...