back

तीन महिनामा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय ११ अर्ब भन्दा माथि, सबैभन्दा बढि व्यापार गर्नेमा सगरमाथा लुम्विनी इन्स्योरेन्स

nactional life

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय विवरण सावर्जनिक भएको छ । निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूले पहिलो त्रैमासमा ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज) महिनासम्म निर्जीवन बीमा व्यवसाय गर्ने बिमकहरूले ६ लाख ६८ हजार १४० पोलिसी जारी गरेर यस्तो व्यापार गरेका हुन् । बिमकहरूले असोज महिनामा मात्रै २ लाख ४० हजार पोलिसी जारी गरेर ३ अर्ब ६४ करोड १२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको नेपाल बिमा प्राधिकरणले सावर्जनिक गरेको तथ्यांकमा देखाइएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा निर्जीवन बीमा व्यवसाय गर्ने बिमकहरूले ६ लाख ८१ हजार ४६४ पोलिसी जारी गरेर १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।

हाल संचालित १४ निर्जीवन बीमा कम्पनीहरू मध्ये पहिलो त्रैमासमा सबैभन्दा बढि बीमा व्यापार गरी प्रिमियम संकलन गर्ने पहिलो रहेको छ सगरमाथा लूम्विनी इन्स्योरेन्स । कम्पनीले साउनदेखि असोज महिनासम्म ६९ हजार ७४७ पोलिसी जारी गरेर १ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

त्यसैगरी, बढि बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले ७४ हजार ७८९ पोलिसी जारी गरेर १ अर्ब १७ करोड १९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । तेस्रो नम्बरमा शिखर इन्स्योरेन्सले ७३ हजार ९३४ पोलिसी जारी गरेर १ अर्ब १२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको देखिन्छ ।

त्यसैगरी, चालु आवको पहिलो त्रैमास (साउनदेखि असोज) महिनासम्म आइजिआई प्रूडेन्सियल इन्स्योरेन्सले ५० हजार २३८ पोलिसी जारी गरेर ९० करोड ९ लाख, नेको इन्स्योरेन्सले ८९ करोड ७५ लाख, हिमालयन एभरेष्टले ९१ करोड ८७ लाख, दि.ओरिएन्टल इन्स्योरेन्सले ८३ करोड ७६ लाख, युनाइटेड अजोडले ६८ करोड, एनएलजी इन्स्योरेन्सले ७५ करोड २२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।

यता नेपाल इन्स्योरेन्सले ६१ करोड ४५ लाख, सानिमा जिआईसीले ५८ करोड ८९ लाख, राष्ट्रिय बीमा कम्पनीले ५७ करोड ३९ लाख र नेशनल इन्स्योरेन्सले अन्य कम्पनीको भन्दा कम ४१ करोड ७६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको सावर्जनिक तथ्यांकमा देखिएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:४५

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा...

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:२०

काठमाडौँ । नेपालको निर्जीवन बीमा व्यवसायमा चालु आर्थिक वर्षको १०...

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाका १२ वटा...

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा  ?

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा ?

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ६ बीमा कम्पनीहरुलाई २र२ लाख...

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५३

काठमाडौं। एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं...

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५०

काठमाडौं। साना तथा मझौला कर्जा लगानी लाई प्रोत्साहन गर्ने उद्धेश्यले...