back
skip this gaugauma singhadarbar

बीमा कम्पनीहरूको पहिलो त्रैमासमा ४१ भन्दा माथि संकलन, सबैभन्दा बढि बाग्मती प्रदेशको 

 

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने बीमकहरूले विभिन्न बीमालेखाबाट ४१ अर्ब ३० करोड १४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोज) महिनासम्म बीमा कम्पनीहरूले सातै प्रदेशमा १ करोड ३७ लाख ६६ हजार ४४८ पोलिसी जारी गरेर ४१ अर्ब ३० करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणले सावर्जनिक गरेको तथ्यांकले देखाएको छ ।

चालु आवको पहिलो त्रैमासमा सबै भन्दा बढि हिस्सा बाग्मती प्रदेशमा रहेको छ । विभिन्न बीमा कम्पनीहरूले गरेको बीमा व्यवसायबाट कुल बीमा शुल्क मध्ये बाग्मती प्रदेशको हिस्सा ४३.१० प्रतिशतले बढि हो ।

त्यसैगरी, बीमकहरूले सातै प्रदेशमा २० लाख ५१ हजार ५४३ पोलिसी जारी गरेर सर्वाधिक जीवन बीमाबाट १५ अर्ब ३८ करोड ३७ लाख रुपैयाँ कुल प्रिमियम संकलन गरेका हुन् ।

कम्पनहिरूले ४ लाख ४७ हजार २५४ पोलिसी जारी गरेर अग्रिम भुक्तानी सर्वाधिक जीवन बीमा व्यवसाय गरी ९ अर्ब १९ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी रुपान्तरिक सर्वाधिक जीवन बीमा ५ लाख ३८ हजार ३४३ पोलिसी जारी गरेर ५ अर्ब ४३ करोड ५ लाख, बाल-बच्चा सम्बन्धि  सर्वाधिक जीवन बीमाम ६ अर्ब ३७ करोड ४२ हजार, वैदेशिक रोजगार म्यादि जीबन बीमा ७१ करोड ७८ लाख, आजिवन जीबन बीमा १ अर्ब ११ करोड ४८ लाख, एकल बीमा शुल्क जीबन बीमा १ अर्ब ३२ करोड ६ लाख, म्यादि जीबन बीमा ३५ करोड ८२ लाख, लघु जीबन बीमा ६० करोड ५ लाख र अन्य जीवन बीम ८० करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । 


नेपालभरका बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन

नेपालभरका बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन

वि.सं.२०८२ भदौ २५ बुधवार १३:१६

काठमाडौं ।  हाल देशभर उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै...

बैंकका केही शाखामा भौतिक क्षति, बैंकिङ प्रणाली सुरक्षित

बैंकका केही शाखामा भौतिक क्षति, बैंकिङ प्रणाली सुरक्षित

वि.सं.२०८२ भदौ २५ बुधवार १२:४६

काठमाडौं । जेन–जी आन्दोलनका कारण केही बैंक तथा वित्तीय संस्थाका...

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

कामना सेवा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३८

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ...

सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य

सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य

वि.सं.२०८२ भदौ २३ सोमवार १८:३५

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग...

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

वि.सं.२०८२ भदौ २३ सोमवार १७:१२

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै...

नेपाल एसबिआई बैंक इण्डियन चेम्बर अफ कमर्सद्वारा तीन प्रतिष्ठित पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन चेम्बर अफ कमर्सद्वारा तीन प्रतिष्ठित पुरस्कारबाट सम्मानित

वि.सं.२०८२ भदौ १७ मंगलवार ११:४९

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड, इण्डियन च्याम्बर अफ कमर्शद्धारा...