सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पुग्यो ?

वि.सं.२०८१ कात्तिक १२ सोमवार

काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
अघिल्लो दिन आइतबार तोलामा १ लाख ६७ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज ४ सय रूपैयाँले घटेर १ लाख ६७ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार ८५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर २ हजार ६५ रूपैयाँमा कारोबार भएको छ ।

प्रकाशित समय : १०:४६ बजे