back
skip this gaugauma singhadarbar

चेतना, समाज र भुगोल हेरेर नीति निर्माण गर्नुपर्छ : सहकारी मन्त्री

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राष्ट्रको आयआर्जनलाई जनतासँग जोडेर आर्थिक उन्नती गराउने सहकारी क्षेत्रभित्रका चुनौतीलाई क्रमशः समाधान गर्दै दरिलो खम्बाका रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री अधिकारीले पुरानै तरिकाको नीतिले सहकारीहरु चलेको र विदेशी शैली हेरेर पनि नेपालका सहकारी चल्न नसक्ने बताउँदै हाम्रो समाज, चेतना र भुगोल सुहाउँदो नीति निर्माण गर्न आवश्यक रहेको औल्याए ।

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीका सवालसम्बन्धी नीति संवाद कार्यक्रममा आइतबार समयमा नै नियम विधि कार्यविधि बनाएर गलत गर्नेलाई नियन्त्रण गर्ने काम नभएकाले सहकारीमा समस्या देखिएको मन्त्री अधिकारीले वताए । उनले अहिले सहकारीमा देखिएको चुनौती समाधानका लागि आवश्यक परेकाले नयाँ नियामक निकाय जन्माउनका लागि छलफल भएको बताए ।

साथै बैंक वित्तिय संस्थाका लागि हाल विधमान रहेको कर्जा सूचना केन्द्र र निक्षेप तथा कर्जा सुरक्षण कोषमा नै सहकारीलाई पनि समेट्ने गरी छलफल भए अनुसार राष्ट्र बैंकलाई परिपत्र समेत भइसकेको जानकारी गराए ।

‘दोस्रो तहको नियामकीय निकाय बनाउने विषयमा अभियान नै अन्यौलमा रहेको देखिन्छ । यसमा कसरी जाने भन्ने विषयमा एकिन गरेर आउन सबैलाई आग्रह पनि गर्छु ।’ उनले सहकारी प्रवद्र्धन कोष सहकारीमा नै फिर्ता गर्ने भए पनि त्यसमा हाल सहकारीले रकम जम्मा गर्न छोडेकोमा दुखेसो व्यक्त गरे । उनले अभियानसँग पनि सहकारीको तथ्यांक नभएको र सरकारसँग पनि नभएकाले समस्या रहेको बताउँदै तथ्यांक संकलनका लागि पनि सबैलाई परिपत्र भइरहेको बताए।

साझा सहकारीको देशभर सम्पत्ति रहेको भन्दै त्यो कहाँ कसरी प्रयोग गर्ने, कसले प्रयोग गर्ने भन्ने विषयलाई पनि एकिन गर्न लागिएको जानकारी दिए। त्यसैगरी ६ हजार सदस्य भएको सहकारीलाई २५ जनाले निवेदन दिने वित्तिकै समस्याग्रस्त घोषणा गरिनु गलत भएको औल्याए ।

कार्यक्रममा महासंघका अध्यक्ष ओमदेवी मल्लले पछिल्लो समय सहकारीमा आएको चुनौतीका कारण सरकार नपुगेको स्थानमा सहकारी पुगेको सन्दर्भ ओझेलमा परेको औल्याइन् । उनले नीति संवादमार्फत सहकारीका विषयमा सरकार, अभियानबिच साझा धारणा तय गरेर नयाँ चरणमा सहकारीलाई प्रवेश गराउने अभियान शुरु भएको बताइन् ।

त्यसैगरी कार्यक्रममा पूर्व अर्थ सचिव रामेश्वर खनालले मुख्य वक्ताका रुपमा बोल्दै सहकारीले बाह्य नियमनकारी निकाय खोज्नु भन्दा पनि स्वनियमनलाई बलियो बनाउनुपर्ने बताए । उनले महासंघलेले सहकारकिो उच्चतम नेतृत्व गर्नुपर्ने धारणा राखे । सहकारी व्इवस्थापन समितिका अध्यक्ष श्रीमण कुमार गौतमले १९ वटा समस्याग्रसत सहकारीबाट बचतकर्ताले ४० अर्ब मागदावी गरेको र २ वटा संस्थाको बचत फिर्ता सम्पन्न गरेको जानकारी गराउँदै समतिले प्रभावकारी रुपमा कार्य गरिरहेको बताए ।


मल नहुँदा धान पहेँलै, भारतीय बजारमा समेत मल अभाव

मल नहुँदा धान पहेँलै, भारतीय बजारमा समेत मल अभाव

वि.सं.२०८२ भदौ १५ आइतवार १३:५१

बर्दिया । गुलरिया नगरपालिका वडा नं ३ बस्ने बाबुराम यादव...

च्याउ खेतीतर्फ आकर्षित हुँदै मुगुका युवा

च्याउ खेतीतर्फ आकर्षित हुँदै मुगुका युवा

वि.सं.२०८२ भदौ ८ आइतवार ११:३९

मुगु । मुगु जिल्लाका युवाहरु पछिल्लो समय च्याउ खेती तर्फ...

६/७ हजार बचतकर्ताको बचत भुक्तानी भइसक्यो : सहकारी मन्त्री

६/७ हजार बचतकर्ताको बचत भुक्तानी भइसक्यो : सहकारी मन्त्री

वि.सं.२०८२ भदौ २ सोमवार १८:१७

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

सहकारीबाट समृद्धितिर: उपभोक्ता सहकारीको चुनौती र सम्भावना

सहकारीबाट समृद्धितिर: उपभोक्ता सहकारीको चुनौती र सम्भावना

वि.सं.२०८२ जेठ २५ आइतवार १२:३५

उपभोक्ता सहकारीको अवधारणा सामाजिक, आर्थिक र नैतिक मूल्यमा आधारित सामूहिक...

समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति र राहदानी रोक्का

समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति र राहदानी रोक्का

वि.सं.२०८२ जेठ १५ बिहीवार १६:३८

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी, कर्जा अपचलनकर्ताहरूको सम्पत्ति...

कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट

कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट

वि.सं.२०८२ जेठ १५ बिहीवार १६:२९

काठमाडौँ । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब...