back

सनलाइफ क्यापिटलद्वारा लगानीकर्ता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । सनलाइफ क्यापिटल लिमिटेडले ‘धितोपत्र लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम’ आयोजना गरेको छ। कम्पनीले धितोपत्र बजारमा लगानीलाई प्रोत्साहन र सचेतना फैलाउन शिक्षा तथा सचेतना कार्यक्रम’ आयोजना गरेको हो ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सनलाइफ क्यापिटलद्वारा आयोजित यो कार्यक्रम धितोपत्र बोर्डको समन्वयमा देशव्यापी रूपमा सम्पन्न भएको हो ।

यो कार्यक्रम विभिन्न उमेरसमुहका लगानीकर्ता, युवा विद्यार्थी, व्यवसायिक महिला तथा उद्योग व्यवसायीलाई लक्षित गर्दै आयोजना गरिएको थियो । कार्तिक ८ गते बनेपामा सम्पन्न यस कार्यक्रममा नेपाली धितोपत्र बजारको पृष्ठभूमि, प्राविधिक विकास, लगानीका आधारभूत पक्षहरु, धोकाधडी तथा घोटाला रोकथाम, सामुहिक लगानी कोष र योजना, तथा लगानी व्यवस्थापन सम्बन्धी बृहत छलफल भएको हो।

यस्तै, कार्तिक ११ गते काठमाडौंको गल्कोपाखामा युवा विद्यार्थीहरूलाई लक्षित गरी शिक्षा तथा सचेतना कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा वित्तीय बजार, धितोपत्र बजार र वस्तु विनियम बजारको ज्ञानसँगै, लगानी गर्दा ध्यान दिनुपर्ने पक्षहरु र प्राथमिक तथा दोस्रो बजार सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको हो। विद्यार्थीहरुको उत्साहजनक सहभागिताले कार्यक्रममा थप ऊर्जा भरिएको थियो।

सनलाइफ क्यापिटल धितोपत्र बोर्डबाट अनुमोदित मर्चेन्ट बैंकर हो जसले धितोपत्र प्रत्याभूति सेवा र लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...