back
skip this gaugauma singhadarbar

दर्जन व्यवसायीलाई एकसाथ हाइगर बस हस्तान्तरण

काठमाडौं । आरामदायी पर्यटक सवारीका रुपमा डेढ दशकदेखि नेपालको पर्यटन क्षेत्रमा आधिपत्य जमाउँदै आएको हाइगर बसको लोकप्रियता पछिल्लो समय ह्वात्तै बढेको छ ।

पर्यटक आगमनमा आएको बहारसँगै सुविधासम्पन्न सवारीसाधनको खोजीमा रहेका पर्यटन व्यवसायीले माग गरेपछि एकैपटक दर्जनौं हाइगर बस नेपाली बजारमा भित्रिएका छन् ।

नेपालमा आर्क्स ग्रुपले चीनमा निर्मित हाइगर बस बिक्री गर्दै आएको छ । आर्क्स ग्रुपले हालै राजधानीमा आयोजित विशेष समारोहमा पर्यटन व्यवसायीहरुलाई हाइगर बसको साँचो हस्तान्तरण गरेको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासका आर्थिक तथा वाणिज्य काउन्सलर सिए यू र आर्क्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठले विभिन्न ट्राभल व्यवसायीहरुलाई हाइगर बसको साँचो हस्तान्तरण गरेका हुन् ।

नेपालमा उपलब्ध रहेका हाइगर बस हाल ३५ सिट क्षमताका छन् भने व्यवसायीको मागअनुसार ठूला बस पनि उपलब्ध गराउन लागिएको आर्क्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले सन् २०१३ मा नेपाली बजारमा हाइगर बस भित्रिएसँगै पर्यटन क्षेत्रमा सुविधासम्पन्न बस उपलब्ध गराउने प्रतिस्पर्धा चलेको र त्यसमा हाइगर नै व्यवसायीको पहिलो रोजाईमा पर्न सफल भएको बताए ।

हाइगर बस संसारका २ सयभन्दा बढी देशहरुमा निर्यात हुँदै आएको छ । नेपालमा पनि हालसम्म एक सयभन्दा बढी बसहरुको बिक्री भइसकेको छ । बसमा इञ्जिन पछाडि रहेका कारण पर्याप्त लगेज स्पेश रहेको छ ।

नेपालको पर्यटन क्षेत्रलाई लक्षित गरी आयात गरिएका हाइगर बसले यस क्षेत्रको प्रवर्द्धनका निमित्त प्रभावकारी भूमिका खेल्ने र आरामदायी यात्राका कारण पर्यटकले नेपाललाई हेर्ने दृष्टिकोण नै फरक पर्ने आर्क्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठ बताउँछन् ।

हाइगर बसनेपालको भौगोलिक अवस्था र बाटोको अवस्थाअनुरूप रहेका हुँदा नेपाली बजारमा थप लोकप्रिय हुने उनको भनाइ छ । उनका अनुसार बसमा पूर्ण एअर कन्डिसन र लक्जरियस सिटहरूका अतिरित्त बे्रक लगाउँदा आवाज नआउने लगायतका सुविधा रहेका छन् ।

हाइगरका बसमा १८ महिना अथवा १ लाख २० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरिने कम्पनीले जनाएको छ । यस्तै, बिक्रीपछिको सेवालाई ध्यानमा राखेर कम्पनीले वर्कशप तथा स्पेयर्स पार्ट्सको पर्याप्त व्यवस्था गरेको छ ।

हाइगर बस हस्तान्तरण समारोहमा चिनियाँ दूतावासका अधिकारीहरु तथा विभिन्न व्यापारिक क्षेत्र र बैंकिङ क्षेत्रका अतिथिहरु सहभागी थिए ।


पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेलाः प्रत्येक खरिदमा पर्न सक्छ पल्सर १५० सिसि

पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेलाः प्रत्येक खरिदमा पर्न सक्छ पल्सर १५० सिसि

वि.सं.२०८२ भदौ २३ सोमवार १८:४१

काठमाडौं । टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेन्युइन पार्ट्स,...

भारतबाट ईभी आयातमा वृद्धि

भारतबाट ईभी आयातमा वृद्धि

वि.सं.२०८२ भदौ ८ आइतवार १०:२४

काठमाडौं । नेपालमा भारतबाट आयात हुने विद्युतीय गाडि (ईभी) आयातमा...

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री

वि.सं.२०८२ भदौ ३ मंगलवार १४:२४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटाे...

१७ औं संस्करणको नाडा अटो शो आज देखि सुरु

१७ औं संस्करणको नाडा अटो शो आज देखि सुरु

वि.सं.२०८२ भदौ ३ मंगलवार ०९:०१

काठमाडौं । १७ औं संस्करणको नाडा अटो शो २०२५ आजदेखि...

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी, भोलि प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी, भोलि प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै

वि.सं.२०८२ भदौ २ सोमवार १८:३२

काठमाडौं । भोलि मंगलबारबाट सुरु हुने नाडा अटो सो २०२५...

हुन्डाई नेपालद्वारा १० लाख रुपैयाँसम्म जित्न सकिने “दशैं–तिहार, १० गुणा उपहार” अफरको घोषणा

हुन्डाई नेपालद्वारा १० लाख रुपैयाँसम्म जित्न सकिने “दशैं–तिहार, १० गुणा उपहार” अफरको घोषणा

वि.सं.२०८२ भदौ २ सोमवार १८:३०

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...