back

विभिन्न भन्सार कार्यलयबाट झण्डै ४ खर्ब बराबरको आयात

काठमाडौं । चालु आर्थिक वर्षको तिन महिनामा विभिन्न भन्सार कार्यलबाट ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँ बढिको वस्तु तथा सेवा आयत भएको छ ।

भन्सार विभागले सावर्जनिक गरेको तथ्यांक अनुसार साउनदेखि असोज महिनासम्म विभिन्न भन्सार कार्यलयबाट ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको मात्र वस्तु तथा सेवा निर्यात भएको देखिन्छ । सावर्जनिक तथ्यांक हेर्दा यो तिन महिनामा नेपालमा आयात भन्दा निर्यात कम भएको छ ।

यो तिन महिना साउनदेखि असोजसम्म सबै भन्दा बढि १ खर्ब २७ अर्ब ८९ करोड ३६ लाख रुपैयाँ बढिको वस्तु तथा सेवाको आयात भएको छ भने ७ अर्ब ५७ करोड ६२ लाख रुपैयाँको निर्यात भएको छ ।

त्यसैगरी बढि आयात हुने दोस्रो नम्बरमा भैरहवा भन्सार कार्यलयबाट ६३ अर्ब ५० करोड ६५ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ भने ३ अर्ब ८ करोड ९० लाख रुपैयाँको मात्रै निर्यात भएको तथ्यांकले देखाएको छ ।

यता ड्राइपोट भन्सार कार्यलयबाट ५५ अर्ब ४४ करोड ८९ लाख रुपैयाँको आयात भएको छ भन्ने बिरगन्ज भन्सार कार्यलयबाट ४१ अर्ब ९१ करोड ३० लाख रुपैयाँको आयात भएको हो ।

त्यसैगरी त्रिभुवान अन्तराष्ट्रिय एरपोटबाट ३० अर्ब ६० करोड रुपैयाँको आयात भएको छ भने रसुवा भन्सार कार्यलयबाट १६ अर्ब ७१ करोड ७ लाख तातो पानी भन्सार कार्यलयबाट १२ अर्ब ३५ करोड ४२ लाख, नेपालगञ्ज भन्सार कार्यलयबाट १५ अर्ब ९३ करोड ६६ लाख, मेची भन्सार कार्यलयबाट १० अर्ब ५५ करोड २५ लाख, कैलाली भन्सार कार्यलयबाट ५ अर्ब ११ करोड ४२ लाख र जलेश्वर भन्सार कार्यलयबाट २ अर्ब ९३ करोड ३८ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको सावर्जनिक तथ्यांकमा छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...