back

 ७ वटा बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले गर्यो कारवाही, कुन-कुन परे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई कारवाही गरेको छ । राष्ट्र बैंकले ऐन, निर्देशन उल्लंघन गर्ने ७ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको हो ।

चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो त्रैमासमा ३ वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई केन्द्रिय बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागबाट कारावही गरिएको हो ।

सिन्धु विकास बैंक, सालपा विकास, मितेरी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, गोर्खाज फाइनान्स, प्रोग्रेसिभ र रिलायन्स फाइनान्सलाई राष्ट्र बैंकले कारवाही गरेको हो ।

पहिलो त्रैमासमा सिन्धु विकास बैंक र सालपा विकास बैंकले वित्तीय विवरण बुझाउन ढिलाइ गरेको भन्दै केन्द्रिय बैंकले कारवाही गरेकोहो । राष्ट्र बैंकले यी दुई बैंकका संचालक र सीईओलाई सचेत गराएको छ । यता, मितेरी डेभलपमेन्ट बैंकले राष्ट्र बैंकको निर्देशन विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत भन्दा बढी कायम गरेको भन्दै कारवाही गरेको हो । मितेरीका संचालक समिति र सीईओलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, रिलायन्स फाइनान्सलाई भने नगद जरिवाना तिराएको छ । अनिवार्य नगद मौज्दात कायम नगरेका भन्दै रिलायन्स फाइनान्सलाई ११ हजार २२७ रुपैयाँ जरिवाना तिराएकोे राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकका अनुसार प्रोग्रेसिभ र जानकी फाइनान्सले वित्तीय विवरण बुझाउन ढिलाइ गरेको भन्दै कारवाहीमा परेका छन् । यता, गोर्खाज फाइनान्सका संचालक र सीईओलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

कम्पनीले स्वार्थ बाझिने गरी ग्राहकसँग कारोबार गरेको भन्दै सचेत गराइएको हो । कम्पनीका तत्कालीन अध्यक्ष–संचालक संस्थाको ऋणी–ग्राहकसंग संस्थामा नै खोलिएका खाताहरू मार्फत् आर्थिक कारोबारमा पटक पटक संलग्न भएको पाइएको केन्द्रिय बैंकले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी

वि.सं.२०८३ असार २८ आइतवार १३:२३

काठमाडौं । नेपालको प्रतिष्ठित निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक...