back

टेलिकमका ग्राहकलाई खुसिको खबर, फोन नलाग्ने र कुरा नबुझिने समस्या अब नआउँने

nactional life

काठमाडौं । नेपाल टेलिकमले सोमबारदेखि मोबाइल सेवाको गुणस्तर बढाउने भएको छ । टेलिकमले ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन’ (भीओएलटीई) भनिने स्तरीय सेवा परीक्षणका रुपमा सुरुमा सञ्चालनमा ल्याउन थालेको हो । कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि हाल उपलब्ध गराइरहेको फोरजी÷एलटीई नेटवर्कमा आधारित सेवा परीक्षण गर्न लागेको हो ।

अन्तरराष्ट्रिय दूरसञ्चार संघ (आईटीयु) को स्थापना दिवसका अवसरमा सोमबारबाट भ्वाइस सेवाको स्तरोन्नती गर्न लागिएको टेलिकमले जनाएको हो । प्रयोगकर्ताका लागि परीक्षण सुरु गर्नुअघि टेलिकमले भीओएलटीई अर्थात् फोर जि चल्ने मोबाइल फोन सेटहरूमा परीक्षणको काम सम्पन्न गरिसकेको छ । परिक्षणका क्रममा देशभरका फोरजी प्रयोगकर्ताले भ्वाइसमा पनि गुणस्तरीय सेवा पाउने छन् । यो परीक्षण भीओएलटीईको व्यावसायिक सुरुवातका लागि महत्त्वपूर्ण हुने छ ।
टेलिकमले हाल उपलब्ध गराइरहेको फोरजी नेटवर्कमा इन्टरनेटको गुणस्तरमात्रै स्तरोन्नती भएको छ । फोरजी सेवा लिइरहेका ग्राहकले पनि फोन गर्दा भने स्वतः थ्रीजी नेटवर्कमा परिणत हुनेगर्छ । यसले गर्दा फोरजी सेवा सुरु भइसक्दा पनि भ्वाइसमा ग्राहकले कुनै भिन्नता पाउन सकेका थिएनन् ।
अब भने परीक्षणकै क्रममा कम्पनीका ग्राहकले फोरजी नेटवर्क नै प्रयोग गरेर भ्वाइस कल गर्न सक्ने सुविधा दिन लागेको हो । भीओएलटीईमा व्यक्ति–व्यक्ति भेटेरै कुराकानी गरेजस्तो उच्च गुणस्तरीय भ्वाइस सेवा पाउन सकिने टेलिकमका अधिकारीहरु बताउँछन् । सेवाको गुणस्तर बढाइएपछि कल सम्पर्क पनि तुरुन्त स्थापित हुने दाबी गरिएको छ । अहिले टेलिकमको प्रणालीमा फोन सम्पर्क स्थापित गर्न कठीन भएको गुनासो अत्यधिक छ ।

आवाज स्पष्ट र प्राकृतिकजस्तो सुनिने विशेषता भीओएलटीईमा हुन्छ । टुजीको तुलनामा भीओएलटीईमा आवाजको गुणस्तर ६ गुणा र थ्रीजीको तुलनामा ३ गुणा राम्रो हुने बताइन्छ । यसअघि फोन नै नलाग्ने जङ्गल क्षेत्रमा पनि अब सजिलै फोन गर्न सकिने र उच्च गुणस्तरको डेटा प्रयोग गर्न सकिने सुविधा आफ्ना ग्राहकलाई दिन लागेको टेलिकमका अधिकारीले बताएका छन् । मोबाइल नेटवर्क आउने र जाने समस्याको अन्त्य हुने भएकाले ब्याट्रि पनि टिकाउ हुने छ ।

टेलिकमका अनुसार भीओएलटीई सेवा लिन ८०० र १८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल हुनु भने अनिवार्य छ । केही भारतीय मोबाइल सेटमा ८०० मेगाहर्ज ब्यान्ड नचल्ने भएकाले टेलिकमले सो ब्यान्डमा उपलब्ध गराइरहेको फोरजी सेवा लिन कतिपय ग्राहक असमर्थ भइरहेका छन् । त्यसैले कम्पनीले फोरजी अथवा भीओएलटीई सेवा लिन आठ सय र १८ सय दुवै ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल भएको निश्चित गरेर मात्र खरिद गर्न ग्राहकलाई आग्रह गरेको गोरखापत्रले समाचार छापेको छ ।

२०७८ जेठ २ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...