back

छयाङदी हाइड्रोपावरको नाफामा गिरावट, यस्ता छन् सूचकहरु

nactional life

काठमाडौं । छयाङदी हाइड्रोपावर चालु आर्थिक वर्षको तेस्रो त्रैमासमासम्म आउँदा नाफामा गिरावट आएको छ । कम्पनीको चालु आर्थिक वर्षको चैतसम्मा नाफामा १२.८६ प्रतिशतले गिरावट आएको हो । गत आर्थिक वर्षको चैत मसान्तसम्म १ करोड २२ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको छयाङदीले १ करोड ६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी र सञ्चालन नाफा घटेपछि खुद नाफामा असर परेको छ । यस्तै, पहिरोको कारणले पाइपलाइनमा रहेका कामहरु समयमा पुरा हुन नसकेकोले विद्युत् बिक्रीबाट हुने आम्दानी घटेको कम्पनीले जनाएको छ ।

कम्पनीको विद्युत बिक्रीबाट आम्दानी १५.५२ प्रतिशतबाट घटेर ३ करोड ४६ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यसैअवधिमा यसले विद्युत बिक्रीबाट ४ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, सञ्चालन नाफा पनि ३ करोड ९३ लाख रुपैयाँबाट झरेर ३ करोड ९ लाख रुपैयाँमा सिमीत भएको छ ।

चैत मसान्त सम्ममा छयाङदीको चुक्ता पुँजी २९ करोड ७६ लाख रुपैयाँ पुगेको छ । जगेडा कोषमा १ करोड ११ लाख रुपैयाँ रहेको छ ।यता, प्रतिसेयर आम्दानी पनि ९८ पैसाले घटेर ४ रुपैयाँ ७८ पैसा भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७६ पैसा थियो । यसको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ७५ पैसा छ ।

२०७८ जेठ २ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...