छयाङदी हाइड्रोपावरको नाफामा गिरावट, यस्ता छन् सूचकहरु
![कर्पाेरेट बजार कर्पाेरेट बजार](https://www.corporatebazar.com/wp-content/themes/custom_new_theme/images/small_icon.jpg)
वि.सं.२०७८ जेठ २ आइतवार
![image image](https://www.corporatebazar.com/wp-content/uploads/2021/05/Chhyangdi-hydropower.jpg)
काठमाडौं । छयाङदी हाइड्रोपावर चालु आर्थिक वर्षको तेस्रो त्रैमासमासम्म आउँदा नाफामा गिरावट आएको छ । कम्पनीको चालु आर्थिक वर्षको चैतसम्मा नाफामा १२.८६ प्रतिशतले गिरावट आएको हो । गत आर्थिक वर्षको चैत मसान्तसम्म १ करोड २२ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको छयाङदीले १ करोड ६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी र सञ्चालन नाफा घटेपछि खुद नाफामा असर परेको छ । यस्तै, पहिरोको कारणले पाइपलाइनमा रहेका कामहरु समयमा पुरा हुन नसकेकोले विद्युत् बिक्रीबाट हुने आम्दानी घटेको कम्पनीले जनाएको छ ।
कम्पनीको विद्युत बिक्रीबाट आम्दानी १५.५२ प्रतिशतबाट घटेर ३ करोड ४६ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यसैअवधिमा यसले विद्युत बिक्रीबाट ४ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, सञ्चालन नाफा पनि ३ करोड ९३ लाख रुपैयाँबाट झरेर ३ करोड ९ लाख रुपैयाँमा सिमीत भएको छ ।
चैत मसान्त सम्ममा छयाङदीको चुक्ता पुँजी २९ करोड ७६ लाख रुपैयाँ पुगेको छ । जगेडा कोषमा १ करोड ११ लाख रुपैयाँ रहेको छ ।यता, प्रतिसेयर आम्दानी पनि ९८ पैसाले घटेर ४ रुपैयाँ ७८ पैसा भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७६ पैसा थियो । यसको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ७५ पैसा छ ।
२०७८ जेठ २ गते प्रकाशित
![कर्पाेरेट बजार कर्पाेरेट बजार](https://www.corporatebazar.com/wp-content/themes/custom_new_theme/images/small_icon.jpg)
प्रकाशित समय : ०४:१५ बजे