back

प्रदेशहरूको औसत आर्थिक वृद्धिदर ३.७६ प्रतिशत रहने प्रक्षेपण

काठमाडौँ । चालू आर्थिक वर्षमा मुलुकका सात प्रदेशहरूको औसत आर्थिक वृद्धिदर ३.७६ प्रतिशत हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको प्रदेशगत आर्थिक वृद्धिदरको प्रक्षेपण अनुसार उक्त वृद्धिदर कायम हुने देखिएको हो ।
विभागले सार्वजनिक गरेको विवरण अनुसार बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी रहने देखिएको छ । यस प्रदेशको अर्थतन्त्रको वृद्धिदर ४.७ प्रतिशत रहने प्रक्षेपण गरिएको हो, जस अनुसार उसको अर्थतन्त्रको आकार १६ खर्ब ८ अर्ब रुपैयाँ पुग्ने देखिन्छ ।

त्यस्तै विभागका अनुसार प्रदेश १ को आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहेर अर्थतन्त्रको आकार ६ खर्ब ६३ अर्ब पुग्नेछ । प्रदेश २ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत हुने र अर्थतन्त्रको आकार ५ खर्ब ६२ अर्ब पुग्ने अनुमान गरिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर क्रमशः ३.६ र ३.४ प्रतिशत रहने प्रक्षेपण विभागको छ । यससँगै यी दुई प्रदेशको अर्थतन्त्र क्रमशः १ खर्ब ७२ अर्ब र २ खर्ब ९४ अर्ब पुग्ने अनुमान गरिएको छ । त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर ३.६ र ३.९ प्रतिशतले बढेर ३ खर्ब ७२ अर्ब र ५ खर्ब ९६ अर्ब पुग्ने अनुमान विभागको छ ।

२०७८ जेठ २ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

वि.सं.२०८३ साउन १४ बिहीवार २०:५३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा...

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

वि.सं.२०८३ साउन १४ बिहीवार १९:१८

ललितपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुनसरीको देवानगन्ज गाउँपालिका...

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

वि.सं.२०८३ साउन १४ बिहीवार १९:०२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा...

शान्ति, सुरक्षा तथा जनजीवनलाई पुनः सामान्य बनाउन चेम्बरको माग

शान्ति, सुरक्षा तथा जनजीवनलाई पुनः सामान्य बनाउन चेम्बरको माग

वि.सं.२०८३ साउन १४ बिहीवार १८:५७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै...

काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड

काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड

वि.सं.२०८३ साउन १४ बिहीवार १८:११

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

वीरगञ्जमा आज साँझदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी

वीरगञ्जमा आज साँझदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी

वि.सं.२०८३ साउन १४ बिहीवार १७:५७

काठमाडौं । जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै...