back

दुई महिनामा भित्रियो ३६ करोड रुपैयाँको नुन

काठमाडौं । दुई महिनामा नेपालीले ३६ करोड रुपैयाँको नुन खाएका छन् । नेपालीहरूको भान्सामा दैनिक प्रयोग हुने नुन आर्थिक वर्षको भदौ र असोज महिनामा इन्डियाबाट ३६ करोड रुपैयाँको आर्यात भएको छ ।

नेपाल राष्ट्र बैंकले सावर्जनिक गरेको तथ्यांक हेर्दा गत आवाको सोहि अवधिमा इन्डिायाबाट नेपालमा ४७ करोड ३ लाख रुपैयाँको नुन भित्रिएको देखिन्छ । सावर्जनिक तथ्यांक अनुसार गत आवको यसै अवधिको तुलनामा यो चालु आर्थिक वर्षको भदौ र असोज दुई महिनामा ११ करोड रुपैयाँले कम आर्यात भएको हो ।

नुन प्रत्येक मानिसको भान्सामा प्रयोग हुन्छ । नुन मान्छेको शरीरका लागि अत्यावश्यक पदार्थ हो।  नुन स्वादको पर्याय हो। नुन विनाका परिकार निस्वाद लाग्छ। स्वादका दृष्टिले मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि नुन अत्यन्त महत्वपूर्ण छ। तर अनुचित मात्रामा प्रयोग गरिएको नुनको सेवन स्वास्थ्यको लागि हानिकारक सावित हुनसक्छ।

नुन रासायनिक पदार्थ हो। यसको रासायनिक नाम सोडियम क्लोराइड हो। यो सोडियम र क्लोराइड नामक अणुहरु मिलेर बनेको हुन्छ। प्रत्येकको भान्सामा प्रयोग हुने नुनमा तौलको हिसाबले ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड हुन्छ।

प्रकृतिमा नुन विभिन्न रुपमा रहेको हुन्छ। यो उच्च हिमाली चट्टान भित्र ढिक्के नुन खानीका रुपमा पनि पाइन्छ। यस्तै समुन्द्रको पानीमा नुन अत्यधिक मात्रामा घुलिएको अवस्थामा रहेको हुन्छ। नेपालमा ४ प्रकारको नुन प्रयोगमा रहेको पाइन्छ। ढिक्के अप्रशोधित नुन, प्रशोधित आयोडिनयुक्त नुन, सिधे नुन र बीरे नुन।

विश्व स्वास्थ्य संगठनका अनुसार मान्छेलाई दैनिक ५ ग्राम अर्थात् १ चिया चम्चा नुनको आवश्यकता पर्दछ। यो भनेको २३०० मिलिग्राम सोडियम हो। मान्छेलाई दैनिक चाहिने मात्रा यही नै हो। नेपालीहरूले सरदर दैनिक १० ग्राम नुन खाने गरेको अध्ययनहरूले देखाउँछ।

नुनको गुण र अवगुण, दैनिक कति खानुपर्छ ?
नुन ठिक मात्रामा खानुपर्छ।
मानिसले नुन धेरै खाँदा र थोरै खाँदा दुवै अवस्थामा उत्तिकै खतरा हुन्छ।

नुन धेरै खाँदा मुटु रोगको जोखिम बढ्छ भने थोरै खाँदा दिमागको रोग लाग्ने सम्भावना रहन्छ।शरीरमा नुन कम हुने समस्या एक गम्भीर प्रकारको स्वास्थ्य समस्या हो।

नुन ज्यादै कम हुँदा मान्छेको मृत्युसमेत हुन सक्छ। वयस्क व्यक्तिले दैनिक ५ ग्राम नुनभन्दा कम लिनुपर्छ भने केटाकेटीले १.२ ग्रामभन्दा बढी खानु हुँदैन।

सोडियमको मात्रामा भन्नुपर्दा दैनिक १५०० मिग्रा सोडियम उत्तम हो र यो मात्रा २३०० मिग्राभन्दा बढी खानु हुँदैन। उच्च नुनको सेवनले म्युकोसल व्यारियरलाई कमजोर बनाई पेटको भित्ताहरुलाई प्रदाहात्मक बनाउँछन्।

नुनको उच्च मात्रामा क्लोरिन लिँदा पेटमा हाइड्रोक्लोरिक अम्लको उत्पादन ज्यादा हुन्छ र एसिडीटी, रिफ्लक्स डिजिज जस्ता रोगहरू लाग्ने र अन्तत्वगत्वा ग्यास्ट्रिक, क्यान्सरको समस्या देखापर्छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...