back

चाइनाबाट मात्रै १ अर्ब बढीको जुत्ता चप्पल भित्रियो

काठमाडौं । दुई महिनामा चाइनाबाट १ अर्ब बढीको जुत्ता चप्पल भित्रिएको छ । नेपालीहरूको माहान चाडपर्व सुरु भएसँगै चालु आर्थिक वर्षको भदौ र असोज महिनामा १ अर्ब ६७ करोड ५ लाख रुपैयाँ बढीको जुत्ता चप्पल भित्रिएको नेपाल राष्ट्र बैंकले सावर्जनिक गरेको तथ्यांकमा उल्लेख छ ।

नेपालीहरूले दैनिक  प्रयोग गर्ने विभिन्न ब्राण्डका जुत्ता चप्पल भदौ र असोज महिनामा  इन्डियाबाट मात्रै २० करोड रुपैयाँ बढीको आर्यात भएको हो ।

सावर्जनिक भएको तथ्यांक हेर्दा गत आवको सोहि अवधिमा जुत्ता चप्पल १७ करोड रुपैयाँको  आर्यात भएको थियो । गत आवको यसै अवधिको तुलनामा जुत्ता चप्पल अहिले बढी  भित्रिएको देखिन्छ ।

जुत्ता चप्पल किन्दा ध्यान दिनुपर्ने कुरहरू

आफ्नो उमेरसँगै आफ्नो जुत्ता चप्पलको साइज फरक पर्ने हुनाले आफूलाई ठिक्क हुने मात्र छानेर किन्ने।

जुत्ता चप्पलको साइज प्रायोजन अनुसार पनि फरक पर्छ। आफुलाई दगुर्न, सामान्य हिँडडुल र अफिसका लागि बनाइएको जुत्ता एकै साइज भए पनि आफूलाई नमिल्न सक्छ। त्यसैले किन्नुअघि लगाएर, हिँडेर हेर्ने।

प्रायः मानिसको एक खुट्टा अर्कोभन्दा ठूलो हुन्छ। त्यसैले दुवै जुत्ता दुवै खुट्टामा मिल्छ भन्ने निश्चित गर्ने।

जुत्ता चप्पल किन्नुअघि त्यसलाई लगाएर यताउता हिँड्ने। आफ्नो खुट्टाको आकारजस्तो छ, त्यस्तै जुत्ता चप्पल किन्ने।

तन्किन्छ वा खुल्छ भनेर आफ्नो साइजभन्दा सानो जुत्ता चप्पल नकिन्ने। सानो वा ठुलो साइजको जुत्ता चप्पलले तपाईंको खुट्टालाई असर गर्न सक्र्छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...