back

नेशनल लघुवित्तद्वारा विद्यालयलाई ६ लाखको स्टेशनरी वितरण

काठमाडौँ । नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेडले सिरहाको बरियारपट्टिमा झोला र स्टेशनरी वितरण गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत असोज २८ गते बरियारपट्टी गाउँपालिका वडा नं.१ गड्गममा रहेको सरस्वती आधारभुत विद्यालय र जनता आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई झोला, विद्यालय पोशाक र कपिकलम वितरण गरेको हो ।

सरस्वती आधारभूत विद्यालयलाई ३ सय थान र जनता आधारभूत विद्यालयलाई ४० थान गरि जम्मा ३ सय ४० थान झोला, पोशाक र कपिकलम गरि करिव ६ लाख रुपैयाँ बराबरको सामान वितरण गरेको संस्थाका अनुगमन अधिकृत आशाराम यादवले बताए ।

बरियारपट्टि गाउँपालिकाका अध्यक्ष संतोष महतोको अध्यक्षता तथा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सिईओ तथा राष्ट्रिय बैंकर संघको अध्यक्ष राम बहादुर यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा ममता यादव, वडा न.१ का वडा अध्यक्ष देवेन्द्र यादव, २ का राम खेलावन दास, ३ का विनोद कुमार यादव, ४ का नवीन कुमार यादव, ५ का शिवनारायण यादवको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अतिथिको रुपमा अनुगमन कार्यालय धरानका अनुगमन अधिकृत विष्णु विश्वकर्मा, हेटौंडा अनुगमन कार्यालयका अनुगमन अधिकृत रामपुजन राय, बरियारपट्टिका शाखा प्रमुख देबेन्द्र कुमार यादव, सिरहा शाखाका प्रमुख लोकेश कुमार यादव, पातो शाखाका प्रमुख दिपेश कुमार गोईत, धनगढी शाखाका प्रमुख बलराम कुमार यादव, मधुपट्टि शाखाका प्रमुख प्रमोद कुमार यादव, भगवानपुर शाखाको प्रमुख संतोष कुमार यादव, रुपनी शाखाका प्रमुख भोगेन्द्र यादव, सरस्वती आविका प्रअ राम विनय यादव, जनता आविका प्रअ भुवनेश्वर कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...