back

रोजगारी वृद्धिका लागि विज्ञहरूको भेला: ‘उद्यमशीलताका लागि कर्जा सुरक्षण अत्यावश्यक’

नवप्रवर्तन र उद्यमशीलतामा कर्जा सुरक्षणको आवश्यकता सहित आफ्नो देशको अभ्यास र अनुभव आदानप्रदान

काठमाडौं । उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरूले बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको एसियाली सुरक्षण संस्था (एसिक) हरूको ३६औं सम्मेलनको दोस्रो दिन शनिबार वक्ताले नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण महत्त्वपूर्ण हुने धारणा राखे ।

दोस्रो दिनको उद्घाटन सत्रमा प्रधानमन्त्रीका मुख्य आर्थिक सल्लाहकार एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निकै कमले मात्र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने प्रवृत्ति रहेको उल्लेख गरे । कुल जनसंख्याको अत्यन्त कम अर्थात् १८ प्रतिशतले मात्रै कर्जा लिएको उनले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्थाले महिलालाई कर्जा प्रवाह गर्दा प्रतिफल दर उच्च हुने उनको धारणा थियो । तर, महिलाहरूमा धितो राख्ने सम्पत्ति कम हुने गरेकाले ऋण लिएर काम गर्ने अवस्था नभएको उनले बताए ।

समृद्ध राष्ट्र बन्न महिला सहित सुविधाबाट वञ्चित समुदायसम्म समाजका सबै वर्गमा कर्जाको सहज पहुँच हुनुपर्ने उनको भनाइ छ ।

सम्मेलनमा ‘नवप्रवर्तनमा लगानी : कर्जा सुरक्षण संस्थाको भूमिका’ विषयक सत्रका सहभागीले नवप्रवर्तन र उद्यमशीलतामा कर्जा सुरक्षणको आवश्यकता सहित आफ्नो देशको अभ्यास र अनुभव आदानप्रदान गरेका थिए ।

कोरिया कर्जा सुरक्षण कोष (कोडिट) अध्यक्षका नीति सल्लाहकार जुंगिन योनले कोडिटले नयाँ सोच र योजना भएका तर वित्तीय रूपमा अप्ठेरोमा परेका उद्यमीमा लगानी गरेको बताए ।

मलेसियाली क्रेडिट ग्यारेन्टी कर्पोरेसन (सीजीसी) अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मोहम्मद इसकले मलेसियाका साना तथा मझौला उद्योग (एसएमई) मध्ये एक तिहाईलाई सीजीसीले सहयोग गरिरहेको बताए । खासगरी सुरक्षा, वित्तीय व्यवस्था र आवश्यक अन्य काममा सहयोग गरिरहेको उनले जानकारी दिए ।

त्यस्तै फिलिफिन्सको कर्जा सुरक्षण निकाय फिलिपिन ग्यारेन्टी कर्पोरेसन (पीजीसी) का वरिष्ठ उपाध्यक्ष सेल्सो गुटिअरेजले फिलिपिन्सको नवप्रवर्तन सम्बन्धी कानुन र कार्यक्रमहरूले साना उद्योगीको विकासलाई निरन्तरता दिन सहयोग गर्दै आएको जानकारी दिए ।

‘हामी ग्रामीण विकासका माध्यमबाट देश विकासको प्रयास गरिरहेका छौं,’ उनले भने, ‘कर्जा सुरक्षणका लागि हामीले सहरी क्षेत्र बाहिरका मानिसलाई आवेदन दिन प्रोत्साहित गर्छौं ।’

त्यसैगरी ताइवानको एसएमई क्रेडिट ग्यारेन्टी फन्ड (टीएसएमईजी) का युसिन कुओले आफूहरूले एसएमईलाई जुनसुकै अवस्थामा पनि सहयोग गर्दै आइरहेको बताइन् । सरकार र बैंकसँगको सहकार्यमा उद्यमीलाई सहयोग गरिरहेको उनको भनाइ थियो ।

सम्मेलनको दोस्रो सत्रमा नवप्रवर्तन फाइनान्सिङमा एसियाली देशका उत्कृष्ट अभ्यासबारे छलफल भएको थियो । उक्त सत्रमा क्रेडिट ग्यारेन्टी कर्पोरेसन अफ कम्बोडिया (सीजीसीसी) डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिडा नोले विशेषगरी साना तथा मझौला उद्योग र अन्य व्यवसायलाई सहयोग गर्ने उद्देश्यले कर्जा र बन्ड ग्यारेन्टी आफ्नो संस्थाले प्रदान गर्दै आएको बताइन् ।

जापान फाइनान्स कर्पोरेसन (जेएफसी) का वरिष्ठ अर्थशास्त्री योहेई यामागुचीले सन् २०२७ सम्ममा नवप्रवर्तनको क्षेत्रमा लगानी बढाएर ७ अर्ब अमेरिकी डलरभन्दा बढी पुर्‍याउने उद्देश्यले जापानी सरकारले पाँच वर्षे विकास योजना ल्याएको जानकारी गराए ।

उनका अनुसार स्टार्टअप संख्या र गुणस्तरमा उल्लेख्य वृद्धि गर्ने उक्त योजनाको लक्ष्य छ । ‘जापानका वाणिज्य बैंकहरूले बिजनेसलाई प्रोत्साहन गर्दा अन्य देशका तुलनामा इक्विटी फाइनान्स मार्केटको क्षेत्रमा विकास कम भएको देखियो,’ यामागुचीले भने, ‘जेएफसी जस्ता संस्थाबाट नवप्रवर्तन र साना तथा मझौला उद्यम एसएमईलाई प्रोत्साहन गर्न सरकारले हस्तक्षेप गर्नुपर्ने देखिएको थियो ।’

कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ अनिर्वाण घोष दस्तीदारले स्टार्टअप र एमएसएमई बढिरहेको क्षेत्र/स्थानमा क्रेडिट ग्यारेन्टीको काम अझ महत्त्वपूर्ण भएको बताए ।

नेपालमा २७ प्रतिशत जनसंख्यामा बैंकको पहुँच पुग्न बाँकी रहेको उल्लेख गर्दै उनले वित्तीय पहुँचलाई समावेशी बनाउन पर्याप्त अवसर भएको पनि उल्लेख गरे । सोही क्रममा उनले नेपालमा उदीयमान र विस्तार हुँदै गएकाले स्टार्टअपहरूसँगै आर्थिक सम्भावना बढाउन क्रेडिट ग्यारेन्टीको आवश्यकता बढी रहेको धारणा राखे ।

त्यस्तै भारत हैदरावादस्थित फिनटेक कम्पनी टी–हबका सल्लाहकार सञ्जय ठाकुरले एसियाली क्षेत्रमा कर्जा सुरक्षाले साना तथा मझौला उद्योगलाई विस्तार गर्न सहयोग पुग्ने बताए ।

तर, कर्जा सुरक्षा योजना वास्तविक समस्यामा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । जापानका ५१ क्षेत्रमा ५१ प्रकारकै कर्जा सुरक्षण योजना रहेको उल्लेख गर्दै उनले यसबाट पनि एसियाली देशले पाठ सिक्नुपर्ने बताएका थिए ।

सोमबारसम्म सञ्चालन हुने सम्मेलनमा एसियाका १६ देशका सुरक्षण निकायको उपस्थिति छ । नेपालले ३० वर्षपछि यो सम्मेलन आयोजना गरेको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...