back
nactional

‘लगानीमैत्री वातावरण बनाउन सरकारले योजनाबद्ध काम गर्ने’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीमैत्री वातावरण बनाउन सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य सङ्घले यहाँ आयोजना गरेको ४५औँ वार्षिक साधारणसभामा मन्त्री भण्डारीले आर्थिक मन्दीका कारण व्यवसायीलाई परेको आर्थिक सङ्कटको समाधान गर्न सरकारका तर्फबाट आवश्यक प्रयास थालिने उल्लेख गरे।

“सरकारले लगानीका क्षेत्र पनि परिभाषित गरेको छ । सूचना प्रविधि, ऊर्जा, कृषि र उद्योगलगायत क्षेत्र प्राथमिकतामा छन् । लगानी सम्मेलन गरी नीतिगत सुधार गर्दै गएका छोँ । अझै लगानीको पर्याप्त वातावरण बनेको छैन । यो वातावरण बनाउने दायित्व सरकार,सरोकार भएका निकायका साथै निजी क्षेत्रको पनि हो”, मन्त्री भण्डारीले भने । निजी क्षेत्र उत्साहित नहुनुको कारण पत्ता लगाई समाधान खोज्न समन्वय, सहकार्य र छलफलका माध्यमबाट सम्भव हुने उनले धारणा राखे।

हरेक व्यक्तिले सरकार, राज्य मेरो हो भन्ने वातावरण तयार नभएसम्म आर्थिक समृद्धि नहुने बताउँदै मन्त्री भण्डारीले सरकारका नीति तथा कार्यक्रममा कमजोरी भए सच्याउन सकिने भएकाले छलफलमा आउन उद्योगी व्यवसायीलाई आग्रह गरे ।

“सरकारको नेतृत्व गर्ने हरेकले जनताका पक्षमा, आर्थिक समृद्धि प्राप्तिका लागि काम गर्नुपर्छ । मुलुकको विकास र समृद्धिका पक्षमा सबै एकजुट भएर सहकार्य गर्नु जरुरी छ । सरकारबाट जनताले आशा राख्न छाड्नुहुँदैन । नीतिगत कमजोरी भए त्यसमा बहस गरौँ नीति, नियममा सुधार गरी कार्यक्रम सच्याउँछौँ । सरकारलाई बलियो बनाउँदै जनताले अपनत्व महसुस गर्ने बनाउँछौँ”, उनले भने ।

युवाहरुलाई उद्यमी बनाउन स्टार्टअप कार्यक्रम ल्याइएको बताउँदै मन्त्री भण्डारीले युवापुस्तामा विदेशमा मात्रै सम्भावना देख्ने प्रवृत्ति सुखद् नभएको धारणा राखे । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तह मिलेर देशको विकास सम्भव भएको उल्लेख गर्दै जनतामा देखिएका निराशाको अन्त्य गर्न तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको उनले बताए । जनतामा ‘सरकार मेरो हो’ भन्ने भावना जागृत हुनुपर्नेमा उनले जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आममानिसमा देखिएका निराशाको अवस्था चिर्दै आर्थिक समृद्धिका लागि महासङ्घले सरकारसँग सहकार्य गर्ने बताए ।

“कोभिड महामारी र रुस–युक्रेन युद्धपछि विश्वका अन्य देशजस्तै नेपालको अर्थतन्त्र चलायमान हुन नसक्दा नागरिकमा त्रासको वातावरण बनेको थियो । पछिल्लो समय आर्थिक, पर्यटकीय गतिविधि चलायमान बन्दै जाँदा जनतामा आशा जागेको छ । अर्थतन्त्र सुधारका सङ्केत देखिएका छन्”, उनले भने ।

अध्यक्ष ढकालले महासङ्घले अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछि त्यसअघिको अवस्थामा पुनःस्थापना गर्न सुधारका कामको सुरुआत गरेर सरकारलाई दबाब दिँदै आएको उल्लेख गरे । पहिले दाताले प्रतिबद्धता गरे बमोजिमको लगानी आउन नसक्नुमा नेपालका कतिपय कानुन बाधक देखिएका भन्दै उनले ती कानुन संशोधन गर्न महासङ्घले पहल गरिरहेको जिकिर गरे ।

“लगानीको उचित वातावरण नबन्नुमा कतिपय कानुन बाधक देखिएपछि तिनको संशोधनका लागि हामीले पहल गर्यौँ । सरकारलाई दबाब पनि दियौँ । हाम्रोसमेत सहभागितामा एक कार्यदल बनेसँगै आठ वटा कानुन संशोधन भएका छन् । योसँगै दातासँग गरिएको प्रतिबद्धता अनुसारको लगानी भित्र्याउन सहजीकरण हुनेछ”, अध्यक्ष ढकालले भने । उनले आर्थिक मुद्दा र मुलुकको अर्थतन्त्र सुधारका विषयमा सबै राजनीतिक दल एकमत भएकाले लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको धारणा राखे ।

साधरणसभाको उद्घाटन समारोहमा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठ, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यलगायत वक्ताले शुभकामना मन्तव्य राखेका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

भृकुटीमण्डपमा विद्युत्, ऊर्जा र इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

भृकुटीमण्डपमा विद्युत्, ऊर्जा र इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:०३

काठमाडौं । नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स...

बर्जर पेन्ट्सको ‘रंग बहार’ अभियान, यामाहा RayZR 125 हाइब्रिडसहित ३६२ उपहार

बर्जर पेन्ट्सको ‘रंग बहार’ अभियान, यामाहा RayZR 125 हाइब्रिडसहित ३६२ उपहार

वि.सं.२०८३ भदौ ४ बिहीवार १६:००

काठमाडौं । बर्जर पेन्ट्स नेपालले चाडपर्वलाई लक्षित गर्दै लोकप्रिय उपभोक्ता...

एनसेलले बुझायो करिब ५ अर्ब नवीकरण दस्तुर

एनसेलले बुझायो करिब ५ अर्ब नवीकरण दस्तुर

वि.सं.२०८३ भदौ ४ बिहीवार ०८:२९

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ ४ बिहीवार ०८:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

एनसेलकाे १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स रेट लागू

एनसेलकाे १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स रेट लागू

वि.सं.२०८३ भदौ ३ बुधवार १६:२१

काठमाडौं। एनसेलले १९८ देशमा हुने अन्तर्राष्ट्रिय आउटगोइङ कलमा नयाँ पल्स...

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

वि.सं.२०८३ भदौ ३ बुधवार १३:०१

काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ७ सय...