back
nactional

महासङ्घको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य सङ्घको ४५औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले भने “कोभिड महामारी र रुस–युक्रेन युद्धपछि विश्वका अन्य देशहरुजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबैमा थियो । त्यति नै बेला यहाँ श्रीलङ्काको जस्तै अवस्था हुने हल्ला फैलाइयो । नेतृत्वमा आएपछि करिब डेढ वर्ष हामीले यसरी काम ग¥र्यौं कि अहिले आशा जागेको अवस्था छ । अर्थतन्त्रमा सुधारका सङ्केत देखिएका छन् ।”

महासङ्घले आममानिसमा देखिएको निराशाको अवस्था चिर्न सरकारसँगको सहकार्य थालनी गरेको, अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछि त्यसअघिकै अवस्थामा पुनःस्थापना गर्न सुधारका कामको सुरुआत गरेर सरकारलाई दबाब दिएकाले अहिले सकारात्मक परिणाम देखिएको अध्यक्ष ढकालको दाबी थियो ।

महासङ्घकै कारण नेपाल सरकारले गरेको पछिल्लो लगानी सम्मेलन पहिलेकोभन्दा फरक रहेको उनको भनाइ छ । उनले भने “पहिले दाताले प्रतिबद्धता गरेबमोजिमको लगानी आएन । किन आएन भनेर यसपटक हामीले त्यसको कारण खोज्यौँ । कतिपय कानुनहरु बाधक देखिए र तिनको संशोधनका लागि हामीले पहल ग¥यौँ । सरकारलाई दबाब पनि दियौँ । हाम्रो सहभागितामा एक कार्यदल बन्यो र लगानी सम्मेलनको मुखैमा आठ वटा कानुन संशोधन भए । हामीलाई लाग्छ अब दातालाई प्रतिबद्धताअनुसार लगानी ल्याउन सहज हुनेछ ।”

कानुन संशोधनका क्रममा राजनीतिक पार्टीहरु आर्थिक मुद्दामा एकमत देखिनु सकारात्मक रहेको उनले बताए । उनले देशले वैदेशिक लगानी मात्र नहेरेर देशभित्रै छरिएर रहेको पुँजीलाई एकत्रितगरी ठूला लगानीमा लगाउनसक्ने बताए । यस्तै पुँजीलाई बटुलेर राष्ट्रियस्तरको लगानीमा लगाउन सकियोस् भन्ने उद्देश्यले निजी क्षेत्रले सबैको सहभागितामा १० अर्बको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना भइसकेको जानकारी उनले दिए ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

रुपन्देहीमा एक वर्षमा २४ हजारभन्दा बढी राहदानी आवेदन, राजस्व झन्डै साढे ९ करोड

रुपन्देहीमा एक वर्षमा २४ हजारभन्दा बढी राहदानी आवेदन, राजस्व झन्डै साढे ९ करोड

वि.सं.२०८३ भदौ ४ बिहीवार १३:५६

भैरहवा । रुपन्देहीमा राहदानी बनाउने नागरिकको संख्या उल्लेख्य रहेको देखिएको...

अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले

अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ भदौ ४ बिहीवार १३:५२

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा आउने वैदेशिक सहायता, अनुदान...

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

वि.सं.२०८३ भदौ २ मंगलवार १७:४४

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायकबाट उठाउनुपर्ने दूरसञ्चार सेवा दस्तुरसम्बन्धी ठूलो...

सिँचाइका ६ राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन: महाकाली २०९१/९२ सम्म सकिने

सिँचाइका ६ राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन: महाकाली २०९१/९२ सम्म सकिने

वि.सं.२०८३ भदौ २ मंगलवार १६:५१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका...

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

वि.सं.२०८३ भदौ १ सोमवार ०७:४४

काठमाडौँ। नेपालमा तीव्र गतिमा अघि बढिरहेको अटोमोबाइल एसेम्ब्ली उद्योगलाई अब...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...