back

ब्रिटिस कलेजले पाँचौं ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिता गर्दै

काठमाडौँ । द ब्रिटिस कलेजले पाँचौं ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले आयोजना गर्न लागेको प्रतियोगिता आउँदो आइतबारदेखि तीन दिनसम्म बालुवाटारस्थित ढुकु स्पोर्टस् हबमा हुन लागेको हो ।

सन् २०१८ देखि निरन्तर रुपमा हुँदै आएको ब्रिटिस कपको यस संस्करणमा १९ टिमको सहभागिता रहेको छ ।

लिगकम नकआउट संरचनामा हुने प्रतियोगिताको समूह ‘ए’मा आईएसएमटी कलेज, सनवे कलेज, काठमाडौँ विश्वविद्यालयको ‘ए’ टिम, काठमाडौँ विश्वविद्यालयको ‘बी’ टिम र द वेस्टमिन्स्टर कलेज रहेका छन् । समूह ‘बी’मा द ब्रिटिस कलेजको ह्वाइट टिम, द ब्रिटिस कलेजको ब्लु टिम, आईआईएमएस कलेज र न्याथम कलेज रहेका छन् ।

त्यस्तै, समूह ‘सी’मा सफ्वेरिका कलेज, सिल्भर माउन्टेन, इन्साइट भिजन, हेराल्ड कलेज र प्राइम कलेज रहेका छन् । समूह ‘डी’मा भेदास कलेव, ब्रिटिस प्रोफेशनल कलेज, थेम्स कलेज, एपेक्स कलेज र टेक्सपायर रहेका छन् ।

प्रतियोगिताको हस्पिटालिटी पार्टनर गोदावरी भिलेज रिसोर्ट, मेडिकल पार्टनर ह्याम्स हस्पिटल, ट्राभल पार्टनर स्वा होलिडेज, र प्रिन्टिङ पार्टनर हलफ्याक्स रहेका छन् । त्यस्तै, द वेस्टमिन्स्टर कलेज, बिराटनगर सिटी फुटबल क्लब, बेटा नेटवर्क र डर्माभिस्टाले पनि प्रतियोगितालाई सहयोग गरेको छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, उपविजेता टिमले नगद ५० हजार रुपैयाँ सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र एउटा टिमले फेयर प्ले टिमलाई १० हजार रुपैयाँ पुरस्कार दिइने ब्रिटिस कलेजले जनाएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...