back

मुक्तिनाथ कृषि कम्पनीले मनायो छैठौं वार्षिक उत्सव (कार्यपत्रसहित)

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले स्थापनाको छैठौं वार्षिक उत्सव मनाएको छ । कम्पनीले शुक्रबार राजधानीको गैरीधारा-बालुवाटारस्थित सिल्भर ओक व्यकेंटमा एक कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो ।

वार्षिक उत्सवको अवसरमा कृषिमा लगानी दशक सफल बनाउन आवश्यक अध्ययनसहितको कार्यपत्र प्रस्तुत गरेको छ । ‘लगानी दशक सफल बनाउने जिम्मेवारी, सार्वजनिक नीजि सहकारीको साझेदारी’ भन्ने नारासहित कृषिमा लगानी दशकको कार्यपत्र प्रस्तुत गरिएको हो ।

कृषि उपजमा किसानले आफ्नो लगानीको प्रतिफल नपाउने गरेको, परिश्रमको मूल्यसमेत नपाउने लगायतकाा अवस्था सिर्जना भइरहेको अवस्थामा कृषि कम्पनीले कृषिमा लगानी दशक सफल बनाउन आवश्यक कार्यपत्र तयार गरेको कम्पनीले जनाएको छ ।

कृषि प्रधान देशका रुपमा चिनिने हाम्रो देशका खेतबारी चौतर्फी बाँझो देखिन्छन् । यस्तो अवस्थामा किसानको उत्पादन सिधै उपभोक्तामाझ पुराउने अभिलाषाका साथ छ वर्ष अघि स्थापना गरिएको मुक्तिनाथ कृषि कम्पनीको लक्ष्यले किसान र उपभोक्ता हित हुने विश्वास कम्पनीले राखेको छ ।

कार्यपत्रले गाँउको उत्पादन सहरमा, सहरको पुँजी गाउँमा भन्ने कुरालाई कम्पनीले विशेष जोड दिएको छ । कृषि उत्पादनलाई तीनै तहको सरकारसँग जोड्नुपर्नेमा कार्यक्रममा सहभागी बक्ताहरूको जोड थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रि रामनाथ अधिकारीले स्वदेशी उत्पादनलाई निर्यात गर्नेगरी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।उनले सरकार र किसान बीचको खाडल पूर्ण निजीक्षेत्रको सक्रियता आवश्यक रहेको बताए । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सरकार तयार रहेको समेत उनले बताए।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य जय बहादुर टन्डनले दिगो लक्ष्यहरू पूरा गर्न पनि कृषि क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताए । मुलुकलाई समृद्धि र आत्मनिर्भर बनाउन कृषिजन्य क्षेत्रको विकास गर्नु अपरिहार्य रहेको उनले बताए ।

 



Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...