back

जोनसेन ब्रान्डका माेटरसाइकल तथा स्कुटर नेपालमा सार्वजनिक, कति रहेकाे छ मूल्य ?

काठमाडौँ । नेपालका लागि आधिकारिक वितरक स्यामुकापु ट्रेडिङले चिनियाँ टु–ह्विलर ब्रान्ड जोनसेन नेपालमा ल्याएकाे छ । स्यामुकापु ट्रेडिङले मोटरसाइकल तथा स्कुटरका ९ वटा मोडल सार्वजनिक गरेकाे छ ।

सार्वजनिक गरिएका मोडलमा शक्तिशाली अफरोड मोटरसाइकलदेखि प्रिमियम मोडलका बाइक समेत समावेश छन् । यी मोटरसाइकल तथा स्कुटरहरू मंगलबारदेखि हुन लागेकाे नाडा अटो शोमा राखिने भएकाे छ ।

कति रहेकाे छ मूल्य ?

कम्पनीले २१६ .६ सिसी ईन्जिन क्षमताको मोटरसाइकल ल्याएको छ । यस माेटरसाइकलकाे ५ लाख ६० हजार रूपैयाँ बजार मूल्य रहेकाे छ ।

यसैगरी, १४९.४ सिसीको माेटरसाइकलकाे ३ लाख ३० हजार रूपैयाँ ताेकिएकाे छ । अर्काे, १९६.४ सिसीको ३ लाख ७५ हजार रूपैयाँ र ११९.६ सिसीको २ लाख ७५ हजार रुपैयाँ पर्ने भएकाे छ ।

१६६.४ सिसी मोटरसाइकलको ३ लाख ८४ हजार रूपैयाँ पर्दा १९८.८ सिसीको ४ लाख ५५ हजार रूपैयाँ कम्पनीले निर्धारण गरेकाे छ । त्यस्तै, २३० सिसीको ४ लाख ७० हजार रूपैयाँ पर्ने भएकाे छ भने २१७ सिसीको ४ लाख ९० हजार रूपैयाँ ताेकिएकाे छ । कम्पनीका अनुसार २५० सिसीको माेटरसाइकलकाे ६ लाख ५० हजार रुपैँया पर्नेछ ।

ग्राहकले पाउनेछन् यी सुविधा

यी मोटरसाइकलको खरिदमा ग्राहकले ६ वटा फ्रि सर्भिसिङ र हेल्मेट समेत पाउने भएका छन् । यस माेटरसाइकलकाे फाइनान्स र एक्सचेन्जको सुविधा समेत पाइनेछ । यी बाइकमा दुई वर्ष वा ३० हजार किलोमिटरकाे वारेन्टी प्रदान गरिने भएकाे छ।

 

ज्योती ग्रुपले यो मोटरसाइकललाई नेपाल ल्याएको हो । यसअघि, ज्योती ग्रुपले हिरो मोटरसाइकल बिक्री गर्दै आएको थियाे । यी बाइकहरू विराटनगर, विरगंज, भरतपुर, काठमाडौं, पोखरा, भैरहवा र वुटवलस्थित शोरुमबाट बिक्री गरिने भएकाे छ ।

जोनसेनले चीनमा सन् १९९६ देखी मोटरसाइकल उत्पादन गर्दै आएको छ । चीनको उत्कृष्ट ५०० इन्टरप्राइजेज तथा ३० अटोमोबाइल कम्पनीमा याे कम्पनी पर्दछ । विश्वका ८० भन्दा बढी देशहरूमा यस कम्पनीले वार्षिक तीन लाख बढी मोटरसाइकल निर्यात गरिरहेकाे जनाएकाे छ । इलेक्ट्रिक टु–ह्विलर समेत बिक्री गर्ने जोनसेनले ७० लाखभन्दा बढी कम्पोनेन्ट उत्पादन गर्ने गरेकाे छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...