back

भाषण गर्न बोलाउने भन्दा काम गर्नका लागि दबाब दिनुहोस् : अर्थमन्त्री पौडेल

‘मन्त्रीलाई एउटा अप्ठ्यारो हुँदो रहेछ । काम गर्ने की भाषण गर्ने ?

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरूलाई काम गर्न दबाब दिन आग्रह गरेका छन् ।

मंगलबार काठमाडौँमा आयोजित नाडा अटो शोलाई सम्बोधन गर्दै मन्त्री पौडेलले काम गर्ने कि भाषण गर्ने भन्ने असहजता मन्त्रीहरूलाई हुने गरेको भन्दै भाषण गर्न बोलाउने भन्दा काम गर्नका लागि प्रेरित दिन निजी क्षेत्रहरूलाई आग्रह गरेका हुन् ।

उनले बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै कार्यक्रममा बोलाउने भन्दा काम गर्न, नीति नियम बनाउने काममा लाग्न दबाब दिन सुझाव दिए । पौडेलले देश, जनता र कानुनको ख्याल गरेर सफल व्यवसाय गर्न व्यवसायीहरूलाई आग्रह गर्दै त्यस्ता व्यवसायीहरूलाई राज्यले साथ र संरक्षण गर्ने बताए ।

उनले भने, ‘मन्त्रीलाई एउटा अप्ठ्यारो हुँदो रहेछ । काम गर्ने की भाषण गर्ने ? म यहाँहरूसँग के राख्न चाहन्छु भने मन्त्रीज्यूहरूलाई भाषण होइन काम गर भनेर यहाँहरू सबैले प्रेरित गर्नुपर्छ भन्ने मलाई लाग्छ । तर कस्तो हुन्छ भने निजी क्षेत्रका संगठनहरु छन्, यहाँहरू महत्त्वकासाथ बोलाउनु हुन्छ, नआऊँ, यथोचित मर्यादा, आदर भएन भन्ने लाग्छ, आउँ समय भाषण सुन्न र गर्नमै व्यतीत हुन्छ । त्यसैले विशेष गरी छाता संगठनका साथीहरू हुनुहुन्छ, अर्थमन्त्रीले सुन्नै पर्ने, बुझ्नै पर्ने, गर्नै पर्ने कामका लागि सुझाव दिन अरू कुनै समयमा हार्दिक स्वागत गर्नेछु । अरू समयमा यस्ता औपचारिक कार्यक्रममा बोलाउनु भन्दा तिमी काम गर, भाषण कम गर भन्ने सहजीकरण गरिदिनु हुन आग्रह गर्न चाहन्छु ।’

उनले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढ्ने पनि बताए । नेपालमा गुणस्तरीय उत्पादन गर्न सके अन्तर्राष्ट्रिय बजार नेपालका लागि पनि सुरक्षित हुने बताए । अर्थतन्त्रका सबै सूत्रहरूमा यथेष्ट अध्ययन र विश्लेषण गरी निर्णयमा पुग्ने उनको भनाई थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...