back

साइमेक्स इंकले नेपालमा लन्च गर्‍यो बीवाईडी एट्टो ३

काठमाडौँ । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रुपमा लन्च गरेको छ बीवाईडी एट्टो ३ देशमा सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्ने क्रममा तीव्र रुपले अगाडि बढिरहेको कम्पनीको दाबी छ ।

नेपाल भित्रिएको दुई वर्ष भन्दा कम समयमै ३ हजार युनिट भन्दा बढी बीवाईडी एट्टो ३ नेपाली सडकमा गुँडिरहेका छन् ।

ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउन बीवाईडी एट्टो ३ को २०२४ भर्सनमा धेरै आकर्षक अपग्रेड गरिनुका साथै नयाँ फिचर थप गरिएको कम्पनीले जनाएको छ । हाल यो गाडी आकर्षक कसमस ब्ल्याक कलर अप्सनमा समेत उपलब्ध भएको जनाइएको छ ।

यसका साथै यसको इन्टेरियर युनिक ब्ल्याक र ब्लु कलर स्किममा समेत उपलब्ध छ भने यसले गर्दा आधुनिकता प्रदान गरेको छ । बीवाईडी एट्टो ३ को इन्फोटेनमेन्ट सिस्टमलाई समेत थप अपग्रेड गरिएको कम्पनीको भनाइ छ ।

बीवाईडी एट्टो ३ २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ । एड्भान्स्डमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक रहेको भने यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको भने यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । दुवैमा १०० किलोवाटको मोटर रहेको छ । बीवाईडी एट्टो ३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

नाइमा नेपाल मोबिलिटी एक्सपो: महिन्द्रा, कियादेखि टाटा र बजाजसम्मका ५१ ब्राण्डको स्टल बुक

वि.सं.२०८३ असार २९ सोमवार ११:५६

काठमाडौं । यही साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा...

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

वि.सं.२०८३ असार २२ सोमवार १७:५८

काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...