सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
वि.सं.२०८१ भदौ ७ शुक्रवार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख १५ हजार ३५५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
बैंकले १ लाख ३९ हजार ६८३ कित्ता सेयर संस्थापक सेयरधनीहरुका लागि र ७५ हजार ६७२ कित्ता सेयर आम सर्वसाधारण वा अन्य कम्पनी तथा संस्थाका लागि बिक्रीमा राखेको हो ।
संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको सेयरका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र र सर्वसाधारणका लागि राखिएको सेयरका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
लगानीकर्ताले काठमाडौं बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्ने बैंकले जानकारी दिएको छ ।
प्रकाशित समय : १२:४१ बजे





















