back

नेपाल बैंकको ८.५०% व्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । वैशाख २२ गतेदेखि विक्री खुला भएको नेपाल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले १० वर्षे अवधिको ८ दशमलव ५० प्रतिशत ब्याजदरकोे ऋणपत्र विक्री खुला गरेको हो ।

उक्त कम्पनीले ऋणपत्रको नाम ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ दिएको छ ।

कम्पनीले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यको रू. ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो ।

कुल कित्ता ऋणपत्रमध्ये रू. १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ ।

सर्वसाधारणका लागि निष्कासन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत दरको १५ हजार कित्ता सामूहिक लगानीकोषहरुमा बाँडफाँट गरेको छ भने बाँकी १३ लाख ८५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।

आज  बैंकिङ समयसम्म विक्रीमा रहने उक्त ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट यो ऋणपत्र खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले बैंकलाई कम क्रेडिट रिस्क जनाउने इक्राएनपी आईआर सिंगल ए ग्रेडिङ प्रदान गरेको छ ।

यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने तथा कर्जा जोखिम न्यून भएको संस्था हो भन्ने जनाउँछ ।

२०७८ वैशाख ३१ गते प्रकाशित ।

nactional life
Corporatebazar 11 Anniversary

विशेष अनुसन्धान: बैंकले ऋण उठाउँदा सीईओलाई हतकडी,ऐन एकातिर,प्रहरी अर्कैतिर,वित्तीय कानुनमाथिको ‘कु’

विशेष अनुसन्धान: बैंकले ऋण उठाउँदा सीईओलाई हतकडी,ऐन एकातिर,प्रहरी अर्कैतिर,वित्तीय कानुनमाथिको ‘कु’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १५:०१

काठमाडौं । नेपालको बैंकिङ इतिहासमा एउटा यस्तो घटना विकास भएको...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक, कुन बैंकको ब्याजदर कति ?

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक, कुन बैंकको ब्याजदर कति ?

वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:२२

काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले आगामी जेठ...

शेयर बजार अपडेट: नेप्सेमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब ८० करोडमा सीमित

शेयर बजार अपडेट: नेप्सेमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब ८० करोडमा सीमित

वि.सं.२०८३ वैशाख ३० बुधवार १५:३३

काठमाडौँ । धितोपत्र बजारमा लगातारको उतारचढावबीच साताको तेस्रो कारोबार दिन...

विशेष रिपोर्ट: प्राकृतिक विपद् र राजनीतिक अस्थिरताको दोहोरो मारमा बीमा क्षेत्र; निर्जीवन बीमा कम्पनीहरूको नाफा ४७ प्रतिशतले खुम्चियो

विशेष रिपोर्ट: प्राकृतिक विपद् र राजनीतिक अस्थिरताको दोहोरो मारमा बीमा क्षेत्र; निर्जीवन बीमा कम्पनीहरूको नाफा ४७ प्रतिशतले खुम्चियो

वि.सं.२०८३ वैशाख ३० बुधवार १५:२५

काठमाडौँ । नेपाली निर्जीवन बीमा क्षेत्रको इतिहासमा चालु आर्थिक वर्ष...

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

प्राइभेट इक्विटी र भेन्चर क्यापिटललाई स्पष्ट कानूनी आधार दिन माग

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१६

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एशोसिएशनले प्राइभेट इक्विटी तथा भेन्चर...

१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

१ लाख ७४ हजार आवेदकले पाए याम्वालिङ हाइड्रोपावरको आईपीओ

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:१५

काठमाडौं । याम्वालिङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक...