back

गृह सचिवले उद्घाटन गरेको ताम्रपत्र जग्गादाताले ढाकिदिए, प्रशासनले जग्गादाताको अपमान गरेको भन्दै पुनः उद्घाटनको माग

स्याङ्जा। आईतवार नेपाल सरकारका गृह सचिव एकनारायण अर्यालले उद्घाटन गरेको इलाका प्रशासन कार्यालय जग्गादाताको असन्तुष्टी पछि विवादित वनेको छ ।

जग्गादाताले गृह सचिवले उद्घाटन गरेको ताम्रपत्र मंगलवार इलाका प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र वुझाउदै ढाकिदिएका छन् ।

वालिङ नगरपालिका वाड नं ९ मा निर्माण गरिएको भवनको उद्घाटन आईतवार गरिएपनि भवनमा लेखिएको ताम्रपत्रमा उद्घाटन मिति भने २०८१ असार २२ लेखिएको छ । पुरानो मितिको ताम्रपत्र १ महिना पछि सुटुक्क आएर उद्घाटन गर्दा गृह जिल्लामै गृह सचिव अर्याल विवादमा फसेका हुन ।

जग्गा दाता तथा स्थानीयहरुले ईलाका प्रशासन कार्यालयका प्रमुख शुभाष शर्मा पौडेललाई ज्ञापन पत्र बुझाउँदै ताम्रपत्र हटाउन र पुनः जग्गादाताहरुको सहभागितामा उद्घाटन गर्न माग गर्दै ज्ञापनपत्र वुझाएका छन् ।

भवन उद्घाटन इलाका प्रशासन कार्यालयको कार्यक्रम नभई जिल्ला प्रशासन कार्यालयको कार्यक्रम रहेको वताएपछि इलाका प्रशासन कार्यालय वालिङका प्रमुख शुभाष शर्मा पौडेल संग जग्गादाता झनै आक्रोशित वनेका थिए ।

कार्यालयको जिम्मा लिएका प्रमुखले गैह्र जिम्मेवार तर्क गरेको भन्दै जग्गादाता र पौडेल विच भनाभन समेत भएको थियो । पछि वडा प्रहरी कार्यालयवाट प्रहरी नायव उपरिक्षक बसन्त पाठकले सहजीकरण गरेपछि जग्गादाताले ताम्रपत्र ढाकेर छाडेका छन् ।

ज्ञापनपत्र बुझाउँदै जग्गा दाता कपिलदेव शर्मा पंगेनीले भने,“हामीले करोडौं पर्ने जग्गा निशुल्क रुपमा दियौं तर हामीलाई बेवास्ता गरियो ।” भवन अनावरणमा आफूहरुलाई भित्र प्रवेश गर्न समेत रोक लगाएको गुनासो छ । कपिल देवले भवनका लागि १ रोपनी ४ आना जग्गा निशुल्क दिएका थिए । भने धु्रवराज पंगेनीले १ रोपनी, खड्ख कुमारी खाँणले ८ आना र विष्णु प्रसाद पंगेनीले ४ आना जग्गा निशुल्क प्रदान गरेका थिए । भवन झण्डै ४ रोपनी क्षेत्रफनमा निर्माण भएको  थियो ।

उता जिल्ला प्रशासन कार्यालयको सामान्य त्रुटीले गृह सचिव जस्तो उच्च पदस्थ अधिकारी आफ्नै जिल्लामा विवादित वनेको प्रति धेरैले चिन्ता व्यक्त गरेका छन् । गत असार २२ गते जिल्लामा अविरल वर्षाका कारण आएको वाढीले जनधनको क्षति पुगेका कारण प्रशासनको भवन उद्घाटन कार्यक्रम स्थगित गरिएको थियो ।

असार २२ मा स्थगित गरिएको कार्यक्रम गृह सचिव ज्यूको अनौपचारिक जिल्ला भ्रमणमा रहेका वेला हतार हतारमा भवनमा रहेको ताम्रपत्र अनावरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिए । यसलाई गलत तरिकाले नवुझ्न जग्गादाता र शुभेच्छुकलाई आग्रह समेत गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

‘शैक्षिक परामर्श नियमावली नसच्याए व्यवसाय नै संकटमा पर्छ’, चाबी बुझाएर अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८३ असार ३१ बुधवार १६:३५

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाले शिक्षा, विज्ञान...