back

साल्ट ट्रेडिङ्गको नाफाबढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले गत आर्थिक वर्ष २०८०/८१ मा ६ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्ष साल्ट ट्रेडिङ्गले ७ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १९.७७ प्रतिशत कम नाफा गरेको हो ।गत असारसम्म कम्पनीले १३ अर्ब ३५ करोड ३ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ७८ करोड २९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले ५२ प्रतिशत बढी आम्दानी गरेको हो ।

समीक्षा अवधिमा कम्पनीले ३ करोड ४९ लाख रुपैयाँ अन्य आम्दानी र १ अर्ब ८ करोड ७५ लाख रुपैयाँ कुल नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ३९ लाख रुपैयाँ अन्य आम्दानी र ९५ करोड ५८ लाख रुपैयाँ कुल नाफा गरेको थियो ।

गत वर्ष कम्पनीको प्रशासनिक खर्च १३ करोड ८३ लाख रुपैयाँ र कर्मचारी खर्च २९ करोड ७० लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष प्रशासनिक खर्च १६ करोड ३१ लाख रुपैयाँ र कर्मचारी खर्च ३१ करोड १५ लाख रुपैयाँ गरेको थियो ।

अघिल्लो वर्ष ४४ करोड ५० लाख रुपैयाँ ब्याज खर्च गरेको कम्पनीले गत वर्ष ५८ करोड रुपैयाँ गरेको छ ।

कम्पनीको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ४१ करोड ४३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको चुक्ता पुँजी २७ करोड ८८ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ३६ करोड ५६ लाख रुपैयाँ थियो ।

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दाी पनि घटेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २८.२६ रुपैयाँबाट घटेर १९.७१ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३९७.६२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २४८.८४ गुणा रहेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

७ अंकले बढ्यो सेयर बजार

७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

एभरेष्ट कलरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ असार ३२ बिहीवार १४:४२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको...

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...