राष्ट्र बैंकले खारेज गर्यो दुई मनी एक्सचेञ्ज कम्पनीको इजाजतपत्र
वि.सं.२०८१ साउन ३१ बिहीवार
काठमाडौं। नेपाल राष्ट्र बैंकले दुई मनी एक्सचेञ्ज कम्पनीको इजाजतपत्र खारेज गरेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार एक सूचना जारी गर्दै दुई मनी एक्सचेञ्ज कम्पनीको इजाजतपत्र खारेज गरेको जनाएको हो।
राष्ट्र बैंकले ठमेलमा रहेको रेन्बो मनी एक्स्चेन्ज र ललितपुरको पुल्चोकमा रहेको कसा मनी एक्स्चेन्जको इजाजतपत्र खारेज गरेको हो ।
यी दुबै कम्पनीले इजाजतपत्र नवीकरण नगरेको कारण इजाजतपत्र खारेज गरेको राष्ट्र बैंकले जानकारी गराएको छ।
प्रकाशित समय : २१:४९ बजे





















