घट्यो पेट्रोल/डिजेलको मूल्य, यस्तो छ नयाँ मूल्य
वि.सं.२०८१ साउन ३१ बिहीवार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोलको ५ रुपैयाँ र डिजेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको हो ।
घटाइएको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जानकारी दिएको छ ।निगमका अनुसार अब नयाँ मूल्य पेट्रोलको प्रतिलिटर १६५ र डिजेल १५५ रुपैयाँ कायम भएको छ ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपालमा पनि मूल्य घटेको निगमको भनाइ छ । एलपीजी सिलिण्डरको मूल्य भने यथावत छ ।

प्रकाशित समय : २१:५३ बजे





















