back

१० करोड लागतमा जाजरकोटको चौखामा बन्यो सबस्टेशन

जाजरकोट। नेपाल विद्युत् प्राद्यिकरणको १० करोड लागतमा जाजरकोटको नलगाड नगरपालिका–१२ चौखामा ३३र११ केभी विद्युत प्रसारण लाइन सबस्टेशन निर्माण भएको छ ।

प्राधिकरणसँग वाइबा इन्फ्राटेक प्रालिले उक्त सबस्टेशन निर्माण गर्न सम्झौता गरेको थियो । एक महिनाभित्र सबस्टेशन चार्जिङ गर्ने लक्ष्य रहेको वाइबा इन्फ्राटेकका वरिष्ठ सर्वेक्षक करुण शाहीले जानकारी दिए ।

जाजरकोटको कुदुबाट आएको प्रसारण लाइन चौखासम्म निर्माण नभएका कारण रुकुमपश्चिमको बाफिकोट सबस्टेशनबाट आएको विद्युतबाट चार्जिङ गर्ने लक्ष्य छ । जाजरकोट खण्डमा प्रसारण लाइनको काम लामो समयदेखि हुन नसक्दा सबस्टेशनसम्म विद्युत् ल्याउन रुकुमपश्चिमको बाफिकोटस्थित सबस्टेशनको विद्युत प्रयोग गर्नुपर्ने बाध्यता छ ।

सबस्टेशन निर्माणसँगै जाजरकोट खण्डमा प्रसारण लाइन निर्माण गर्न दबाब बढेको छ । ताक्सुगाड जलविद्युत आयोजनाको विद्युत उत्पादनगृहको छेउमा यो सबस्टेशन निर्माण भएको हो ।

यही सबस्टेशनबाट जगदुल्ला जलविद्युत १०६ मेगावाट आयोजना निर्माणस्थल र डोल्पाको त्रिपुराकोटमा निर्माण हुन लागेको सबस्टेशनमा विद्युत जडान गरिनेछ । तल्लो डोल्पाका साथै पूर्वी जाजरकोटको अधिकांश स्थानमा विद्युतीकरण गर्न यो सबस्टेशनले काम गर्ने प्राधिकरणको प्रदेश कार्यालयले जनाएको छ ।

भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्डमा पुल निर्माण नहुँदा विद्युत्का ठूला आयोजना निर्माणमा समस्या भएको छ । नलगाड नगरपालिकामा मात्र पाँचवटा ठूला पुल निर्माण गर्न बाँकी छ ।

सडक निर्माणको काम चलिरहेको भए पनि पुल निर्माणमा ढिलाइ हुँदा समस्या भएको हो । विद्युतीकरण गर्न सामान ल्याउनुपर्ने भए पनि खोला तथा नदीमा पुल नहुँदा काममा बाधा पुगेको हो । वर्षायाममा स्थानीयवासीले समस्या भोग्नुपरेको छ । यती विल्डर्स प्रालिले गरिरहेको सडकको कामले गति लिए पनि अन्य कम्पनीले लिएको पुलको काम अलपत्र परेको छ ।

कर्णाली प्रदेश कार्यालयबाट भएको ठेक्काको काम पूरा भए पनि संघीय कार्यालयबाट ठेक्का लागेका कामले गति लिन सकेको छैन । चौखाको सबस्टेशन प्रदेशबाट ठेक्का गरिएको थियो ।

समाइला र वडावनमा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयबाट गरिएको ठेक्काको भौतिक प्रगति पाँच प्रतिशत पनि भएको छैन । उक्त ठेक्काको काम २४ महिनाभित्र निर्माण गर्ने लक्ष्य रहेकामा एक वर्ष बित्दा पनि प्रगति निराशाजनक छ ।

प्रसारण लाइन र सबस्टेशनको निर्माण गर्ने जिम्मेवारी लिएको निर्माण कम्पनीले अहिलेसम्म सबस्टेशन निर्माणस्थलमा ढुङ्गा, माटो हटाउनेबाहेक काम नगरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

कुदुबाट चौखासम्म प्रसारण लाइन निर्माण गर्ने जिम्मेवारी लिएको ला निर्माण सेवाले काम नगर्दा चौखा सबस्टेशनमा विद्युत जडानको काम हुन सकेको छैन । ६ वर्षभन्दा बढी समय बित्दा पनि काम नगर्दा समस्या समाधान हुन नसकेको हो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

वि.सं.२०८३ साउन १९ मंगलवार १९:०५

काठमाडौं । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान...

‘क’ वर्गका बैंकका सिइओसँग अर्थमन्त्रीको छलफल : लगानी, उत्पादन र आर्थिक विश्वास पुनःस्थापनामा जोड

‘क’ वर्गका बैंकका सिइओसँग अर्थमन्त्रीको छलफल : लगानी, उत्पादन र आर्थिक विश्वास पुनःस्थापनामा जोड

वि.सं.२०८३ साउन १९ मंगलवार १८:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख...

राष्ट्र बैंकको सञ्चालक समिति महिला सहित सात जनाकाे हुने

राष्ट्र बैंकको सञ्चालक समिति महिला सहित सात जनाकाे हुने

वि.सं.२०८३ साउन १९ मंगलवार १३:१९

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समिति महिला सहित सात...

१५ वर्षे विकास ऋणपत्र मार्फत १ अर्ब उठाउँदै सरकार

१५ वर्षे विकास ऋणपत्र मार्फत १ अर्ब उठाउँदै सरकार

वि.सं.२०८३ साउन १९ मंगलवार १२:२४

काठमाडौं । सरकारले विकास ऋणपत्र मार्फत १ अर्ब उठाउँने भएको...

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

वि.सं.२०८३ साउन १९ मंगलवार १२:०६

काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत...

सुन सामान्य घट्दा चाँदीको मूल्यमा वृद्धि

सुन सामान्य घट्दा चाँदीको मूल्यमा वृद्धि

वि.सं.२०८३ साउन १९ मंगलवार ११:४४

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने...