back

संसद्‌बाट टीआरसी विधेयक पारित गर्ने तयारी, शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमाथि आज संघीय संसदको प्रतिनिधि सभामा छलफल हुँदैछ ।

दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ।

संसद्‌मा छलफलका लागि प्रस्तुत विधेयकमाथि आजै प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । नेताहरूले सम्बोधन गरिसकेपछि आज नै उक्त विधेयक पारित गर्ने तयारी छ ।

कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधेयक मंगलबार नै संसदमा पेस भएको थियो ।यसअघि दलहरूबीचको विवादका कारण रोकिएको विधेयक राजनीतिक सहमति भएसँगै पारित हुने चरणमा पुगेको हो ।

विधेयकमा सहमति गर्न कांग्रेस, एमाले र माओवादी सम्मिलित कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलको सहमति अनुसार तयार भएको प्रतिवेदनसहित विधेयक संसदमा पेस भएको थियो ।

२५ फागुन २०६९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधि सभामा दर्ता गरेका थिए ।यो विधेयक गत बिहीबार प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट दफावार छलफल सहित सर्वसम्मत रुपमा पारित भएको थियो ।

 


मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

वि.सं.२०८१ माघ २ बुधवार १२:३२

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम...

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

वि.सं.२०८१ माघ १ मंगलवार १३:३०

काठमाडौं । आज माघे सङ्क्रान्ति, देशभरी धुमधामसाथ मनाइदैँछ । सक्रान्तिहरूमा...

आज क्रिसमस दिवस : देशभरका चर्चहरुमा प्रार्थनालगायतका कार्यक्रम गरि मनाइँयो

आज क्रिसमस दिवस : देशभरका चर्चहरुमा प्रार्थनालगायतका कार्यक्रम गरि मनाइँयो

वि.सं.२०८१ पुस १० बुधवार १७:२२

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा...

मधेस प्रदेशको नीति तथा कार्यक्रम : गोलभेडा पकेट क्षेत्रदेखि गरिब परिचयपत्रसम्म

मधेस प्रदेशको नीति तथा कार्यक्रम : गोलभेडा पकेट क्षेत्रदेखि गरिब परिचयपत्रसम्म

वि.सं.२०७९ जेठ २३ सोमवार ११:०२

जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को निति...

दोस्रो अभ्यास खेलमा नेपाली दर्शकलाई प्रवेश दिइने

दोस्रो अभ्यास खेलमा नेपाली दर्शकलाई प्रवेश दिइने

वि.सं.२०७९ जेठ २३ सोमवार १०:०७

काठमाडौं। एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली...

माछा मार्ने व्यक्तिको मुखभित्र नदीबाट उफ्रिएको माछा पसेपछि…

माछा मार्ने व्यक्तिको मुखभित्र नदीबाट उफ्रिएको माछा पसेपछि…

वि.सं.२०७९ जेठ २१ शनिवार १२:४०

थाइल्याण्ड। थाइल्यान्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन...