back

लघुवित्त पीडित र सरकारबीच भएको सहमतिबारे भ्रम नफैलाउन समितिको अपिल

काठमाडौं । मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले सरकारसँग साउन १५ गते भएको ५ बुँदे सहमतिविरुद्ध आएको गलत प्रचारको खण्डन गरेको छ ।

मंगलबार काठमाडौंमा समितिले पत्रकार सम्मेलनको आयोजना गरी अस्पतालमा रहेका आफ्ना अध्यक्ष मनिराम ज्ञवालीप्रतिको आरोपमाथि गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

समितिका संरक्षक अगस्त अधिकारीले पाँच वर्षको निरन्तर संघर्षपश्चात नेपाल सरकार र आफूहरुबीच भएको सहमति सकारात्मक रहेको दाबी गरे ।

०८१ असार २२ गते लघुवित्त र पीडितको बारे सरकारले बनाएको प्रतिवेदनको कार्यान्वयन र त्यसैका आधारमा कार्यादेश तयार गर्ने भनिएकोले कोही पनि भ्रमित हुननहुने अधिकारीको कथन छ ।

‘आन्दोलनबाट भड्किएर भागेकाहरु लघुवित्त संस्थाहरुबाट परिचालित भएर ६० लाख पीडितको विरुद्धमा षड्यन्त्र गर्दै छन्, हामीलाई विश्वास छ, बालेन सरकारले सहमतिलाई छिटो कार्यान्वयन गर्नेछ,’ अधिकारीले भने ।

आफूहरुको आन्दोलनलाई तुहाउन केही व्यक्तिहरु लागेको आरोप लागाउँदै अधिकारीले भने,‘जो चोर उसको ठूलो स्वर’ उनीहरु साहु र ऋणी दुबैसँग पर्सेन्ट उठाएर अरुलाई आरोप लगाउन माहिरहरुको भण्डाफोर गर्न नपरोस् ।’

समितिका उपाध्यक्ष तथा वार्ताटोलीका सदस्य मणिप्रसाद चौलागाईंले आफूहरुले सहमति गरेलगत्तै त्यसका विरुद्धमा मिडियाबाजी गर्नु भनेको ‘पीडितका नाम भजाएर खानेहरुको छट्पटाहट’ रहेको जिकिर गरे ।

चौलागाईंले आफू स्वयम सरकारसँगको वार्तामा बसेकोले सबै जानकारी रहेको र त्यसमा कुनै खोट नरहेकोसमेत दाबी गरे । आफ्ना अध्यक्ष ज्ञवालीलाई लगाईका आरोपहरु मिथ्या रहेको पनि चौलागाईले बताए ।

समितिका उपाध्यक्ष त्रय युवराज रसाईली, अजुर्न विक, दत्त थारुले ज्ञवालीमाथि लगाइएको आरोपहरुको खण्डन गरे ।

समितिकी सचिव लुजा राईले ‘बाँचौ बचाऔं र अघि बढौं, स्थायीत्व, सुशासन, समृद्धिको लागि एक हौं’ भन्ने नारालाई सकार पारि छाड्ने बताईन् ।

सहसचिव सिलम यादव र दिलिप मगरले सरकारले सहमति कार्यान्वन नगरे पुनः कडा आन्दोलन गर्ने चेतावनी दिए ।

पीडित प्रिया केसी र सीत विकले मनिराम ज्ञवालीले लाखौं दिदी बहिनीहरुको लागि लडेको र जसका कारण विरामीसमेत रहेकोले ज्ञवालीविरुद्ध कसैले खोट लगाउन नमिल्ने जिकिर गरिन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

महुली लघुवित्तको नाफामा १० गुणाभन्दा बढीको फड्को: वितरणयोग्य नाफा १६ करोड ५० लाख

महुली लघुवित्तको नाफामा १० गुणाभन्दा बढीको फड्को: वितरणयोग्य नाफा १६ करोड ५० लाख

वि.सं.२०८३ साउन १८ सोमवार १०:१७

काठमाडौँ। महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले आर्थिक वर्ष...

हिमालयन लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

हिमालयन लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

वि.सं.२०८३ साउन १८ सोमवार १०:१२

काठमाडौँ। हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था...

लघुवित्त पीडित भन्छन् : ऋण तिर्न तीनवटा ट्याक्टर बेचिसकें, अब त बाँच्नै मन छैन

लघुवित्त पीडित भन्छन् : ऋण तिर्न तीनवटा ट्याक्टर बेचिसकें, अब त बाँच्नै मन छैन

वि.सं.२०८३ साउन १५ शुक्रवार १६:३९

काठमाडौं । लघुवित्त पीडितहरूले आफ्नो माग राख्दै माइतीघर मण्डलामा सुरु...

सरकारी वार्ता टोली र लघुवित्तपीडित संघर्ष समितिबिच वार्ता हुने

सरकारी वार्ता टोली र लघुवित्तपीडित संघर्ष समितिबिच वार्ता हुने

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४०

काठमाडां । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित...

सीवाईसी नेपाल लघुवित्तले बोलायो सातौं वार्षिक साधारण सभा

सीवाईसी नेपाल लघुवित्तले बोलायो सातौं वार्षिक साधारण सभा

वि.सं.२०८३ साउन ११ सोमवार ०९:३३

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई...

हिमालयन लघुवित्तद्वारा ३ लाख ७५ हजार बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी

हिमालयन लघुवित्तद्वारा ३ लाख ७५ हजार बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०१

काठमाडौं ।  हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्लाही जिल्लाको हरिवन...