back

एभरेष्ट बैंक र एस.बी सोलुसन्सबीच सहकार्य

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स) लागु गरी सञ्चालनमा ल्याएको छ ।

उक्त प्रणाली लागु गर्ने सम्झौतामा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एस.बी सोलुसन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जोग मिश्राले मिती २२ जुन २०२३ मा आ-आफ्नो संस्थाका तर्फबाट हस्ताक्षर गरेका थिए ।

यस प्रणालीले आन्तरिक कर्जा स्वीकृति व्यवस्थापन, कर्जा कार्यप्रवाह, जोखिम मूल्याङ्कन, कर्जाका कागजातहरू र कर्जा स्वीकृतिको प्रक्रियाहरूलाई स्वचालित र डिजिटाइज गर्न मद्दत गर्ने छ । यस प्रणालीको परिचयसँगै, बैंकहरूले कागजमा निर्भर कर्जा प्रवाहलाई प्रतिस्थापन गर्न सक्नेछन्, साथै ग्राहकहरू सम्बन्धी जोखिम मापदण्डहरू प्रणाली भित्रै निगरानी गरेर कर्जा जोखिम न्यून गर्न सक्षम हुनुका साथै छिटो कर्जा स्विकृती प्रक्रियामा सहयोग हुनेछ ।

एस.बी. सोलुसन्स प्रा.लि. फिनटेक र बैंकिङ उत्पादनहरू र प्रक्रियाहरूको कर्जा डिजिटाइजेशन र स्वचालनमा काम गर्दै आएको छ । यसमा क्रेडिट स्वचालन प्रणाली (क्रेडिट–एक्स), अनलाइन कर्जा योग्यता, इन्टा लोन, पेडे लोन, अनलाइन खाता खोल्ने, कागजात व्यवस्थापन प्रणाली, विक्रेताहरू व्यवस्थापन प्रणाली, व्यवसाय बैंकिङ प्रणाली र ग्यारेन्टीहरूको स्वचालन, मेमो व्यवस्थापन प्रणाली, बजेट व्यवस्थापन प्रणाली र मोबाइल अनुप्रयोग आदि जस्ता उत्पादनहरूको चयन गरिएको छ ।

हाल २५ भन्दा बढी वित्तीय संस्थानहरू र कर्पोरेट घरानाहरूले एस.बी. सोलुसन्स प्रा.लिद्वारा निर्मित प्रणालीहरू प्रयोग गर्दै आएका छन् ।

nactional life
Corporatebazar 11 Anniversary

विशेष अनुसन्धान: बैंकले ऋण उठाउँदा सीईओलाई हतकडी,ऐन एकातिर,प्रहरी अर्कैतिर,वित्तीय कानुनमाथिको ‘कु’

विशेष अनुसन्धान: बैंकले ऋण उठाउँदा सीईओलाई हतकडी,ऐन एकातिर,प्रहरी अर्कैतिर,वित्तीय कानुनमाथिको ‘कु’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १५:०१

काठमाडौं । नेपालको बैंकिङ इतिहासमा एउटा यस्तो घटना विकास भएको...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक, कुन बैंकको ब्याजदर कति ?

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक, कुन बैंकको ब्याजदर कति ?

वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:२२

काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले आगामी जेठ...

विशेष रिपोर्ट: प्राकृतिक विपद् र राजनीतिक अस्थिरताको दोहोरो मारमा बीमा क्षेत्र; निर्जीवन बीमा कम्पनीहरूको नाफा ४७ प्रतिशतले खुम्चियो

विशेष रिपोर्ट: प्राकृतिक विपद् र राजनीतिक अस्थिरताको दोहोरो मारमा बीमा क्षेत्र; निर्जीवन बीमा कम्पनीहरूको नाफा ४७ प्रतिशतले खुम्चियो

वि.सं.२०८३ वैशाख ३० बुधवार १५:२५

काठमाडौँ । नेपाली निर्जीवन बीमा क्षेत्रको इतिहासमा चालु आर्थिक वर्ष...

बैंकलाई राहत: धितोमा सकार गरेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने प्रावधान सर्वोच्चद्वारा खारेज

बैंकलाई राहत: धितोमा सकार गरेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने प्रावधान सर्वोच्चद्वारा खारेज

वि.सं.२०८३ वैशाख २१ सोमवार १९:४२

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले धितोमा लिएको जग्गा सकार...

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

बीमा कम्पनीले ९ महिनामा तिरे ५१ अर्ब ५९ करोड दाबी, ५२ अर्ब भुक्तानी हुन बाँकी

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:५६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना...

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वाणिज्य बैंकहरूको तेस्रो त्रैमास: नबिल बैंक सर्वाधिक नाफा कमाउने बैंक, वृद्धिदरमा कुमारीको छलाङ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:०७

काठमाडौं । नेपालका २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३...