back

अटोमोबाइल क्षेत्रका समस्याबारे प्रधानमन्त्रीसँग नाडाको छलफल, सरकारले स्थायी नीति नियम ल्याउन अध्यक्ष चौधरीको सुझाब

काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरी विभिन्न विषयमा छलफल गरेको छ ।

उक्त छलफलमा अध्यक्ष चौधरीले अटोमोबाइल व्यवसायको क्षेत्रमा देखापरेका विभिन्न समस्याबारे संक्षिप्त रूपमा चर्चा गर्दै सरकारका विभिन्न कार्यविधिका कारण व्यवसायी निरुत्साहित हुँदै गएको बताएका थिए । उनले नाडाले नेपालको अटोमोबाइल व्यवसायलाई माथि उठाउन आवश्यक नीतिगत सुझाव पेश गरेको स्मरण गराएका थिए ।

अध्यक्ष चौधरीले विशेषगरी अटोमोबाइल व्यवसायलाई पुन: गतिशील बनाउन बंैकबाट निजी सवारीसाधनको ‘हायर पर्चेज लोन’ प्रवाह गर्ने प्रक्रियामा ‘लोन टु भेलु रेसियो’को हालको ५० प्रतिशतको सीमालाई वृद्धि गरी ७५ प्रतिशत गरिनुपर्ने बताएका थिए । ‘चालू पूँजी कर्जा मार्गदर्शन २०७९’ लागू भएपश्चात्का कर्जामा मात्र हुनेगरी कार्यान्वयनमा ल्याएमा समस्याको समाधान हुने उनको भनाइ थियो । छलफलमा अध्यक्ष चौधरीले विद्युतीय सवारीसाधनका सम्बन्धमा सरकारले स्थायी प्रकृतिको नीति नियम ल्याउन सुझाएका थिए ।

छलफलमा दुईपांग्रे सवारीसाधनको सन्दर्भमा डिलरले ग्राहकलाई बिल गरेको दिनबाट मात्र कर लाग्नुपर्ने, हाल नेपालमा लागू भएको इम्बोस्ड नम्बर प्लेटको साइज र भारतमा लागू भएको इम्बोस्ड नम्बर प्लेटको साइज अनुसार नभई फरक साइजको भएकाले दुई पांग्रे सवारीसाधनको अगाडिको सकरमा ठोकिने भएकाले भारतमा लागू भएको साइजको इम्बोस्ड नम्बर प्लेट वा हाल नेपालमा लागू भएको इम्बोस्ड नम्बर प्लेटमध्ये कुनै एक राख्न मिल्ने गरी व्यवस्था गर्न व्यवसायीले सुझाएका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

वि.सं.२०८३ असार ३२ बिहीवार १७:१८

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा...

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

श्रम ऐन सबै पक्षको अपनत्व हुने गरी संशोधन गरिनेछ :मन्त्री यादव

वि.सं.२०८३ असार ३२ बिहीवार १७:०५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३९

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस...