back

प्रमोकोड फोनपे डिरेक्ट प्रयोग गरेर आइफोन १५ प्रो जित्न सकिने

काठमाडौं  । नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक, फोनपे ले आफ्नो प्रमुख अभियान “फोन पे डिरेक्ट पैसा पठाऔँ ठाउँ को ठाउँ” को घोषणा गरेको छ।यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्यु.आर मार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवा बारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। यो अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने कुरा विशेष रूपमा बताएको छ।

यो अभियान २ महिनासम्म चल्नेछ र भदौ ३१ मा समाप्त हुनेछ। यस अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई आइफोन १५ प्रो दिने मेगा उपहार योजना छ। यो मेगा उपहार जित्ने मौका पाउनका लागि प्रयोगकर्ताहरूले फोनपे डिरेक्ट बाट पैसा पठाउदा रिमार्क्स सेक्शनमा विशेष प्रमोकोड फोनपे डाइरेक्ट राख्नुपर्नेछ र अभियान अवधिमा मोबाईल बैँकिङ् एप प्रयोग गरेर फोनपे डिरेक्टमार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नु पर्नेछ।

“हामी “फोन पे डिरेक्ट पैसा पठाऔँ ठाउँ को ठाउँ” विशेष अभियान पुनः ल्याउन पाउँदा उत्साहित छौं फोनपेका चिफ इसट्राटेजी अफिसर सुबोध शर्माले भने,

यो अभियानले नेपाली उपभोक्ताहरूका लागि डिजिटल कारोबारलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धतालाई दर्साएको छ र फोन पे डिरेक्ट लाई तुरुन्त, सुरक्षित र सुविधाजनक रकम ट्रान्सफरको लागि प्रमुख विकल्पको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। हामीलाई विश्वास छ कि प्रयोगकर्ताहरू हाम्रो सेवाका विशेषताहरूबाट खुशी हुने छन् ।

बैंक परिसरहरुबाटै आक्टिभेसन मार्फत फोनपे डिरेक्टबाट एक बैंकबाट अर्को बैंकमा कसरी पैसा पठाउन सकिन्छ भन्ने कुराको सिकाईलाई ग्राहकहरु माझ थप उजागर गर्ने यस अभियानको मुख्य उद्देश्य हो।

फोनपेले सँधै आफ्नो ग्राहकहरूको वित्तीय कारोबारको सुरक्षालाई प्राथमिकता दिन्छ र उच्च स्तरको एन्क्रिप्शन र प्रमाणीकरण प्रोटोकलहरू समावेश गरेर मोबाइल नम्बर मात्र प्रयोग गरेर सुरक्षित र संरक्षित रकम ट्रान्सफरलाई सुनिश्चित गर्दछ।

पैसा पठाऔँ ठाउँ को ठाउँ” अभियानको बारेमा थप जानकारीका लागि https://fonepay.com/blogs/Fonepay-Direct-Win-iPhone-15-pro

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...