back

एमजी४ ईभीले सहजै पार गर्‍यो ४६६० मिटरको उचाइ, ‘काठमाडौँ टू अपरमुस्ताङ कोरोला’

काठमाडौँ । प्रतिष्ठित एमजी ब्राण्डको विद्युतीय गाडीले ४६६० मिटरको उचाइ सहजै पार गरेको छ । एमजीको लोकप्रिय मोडल एमजी४ ईभीले काठमाडौंदेखि अपरमुस्ताङको कोरोला नाकासम्मको सहज यात्रा हालैमात्र पुरा गरेको हो । जुन उचाइ समुद्र सतहदेखि ४,६६० मीटर रहेको छ।

४६ सय मिटरमाथिको उचाइ सहजै पार गर्नु एमजीको सशक्त र मजबुद पक्ष रहेको एमजी मोर्टस्ले जनाएको छ । यात्रामा सहभागि धिरेन मान श्रेष्ठले एमजी ४ भईभीको यहीँ मजबुद पक्षले ग्राहकको विश्वास थप बढेको बताएका छन् । गाडीको असाधारण शक्ति, क्षमताकै कारण उच्च मुस्ताङको कठिन अफ–रोडमा पनि सहज यात्रा सफल भएको उनको भनाइ छ ।

गाडीमा उपलब्ध ५–लिङ्क स्वतन्त्र सस्पेन्सन, रियर ह्वील ड्राइभ र स्टिफ सस्पेन्सन प्रणालीको साथमा उच्च क्षमताको ब्याट्री, अटोब्रेकिङ सिस्टम लगायत सुविधाले गाडीलाई विशेष बनाएको उनको अनुभव छ ।

एमजी मोटर्स नेपालले यस यात्राले थप कम्पनी र ईभीप्रति विश्वास बढाएको जनाएको छ ।

उसो त काठमाडौँ देखि अपर मुस्ताङसम्मको यात्रा गर्नु अघि श्रेष्ठले हेटौडा–काठमाडौँ र कालिनचोकसम्मको एमजी४ ईभी यात्रा सफलतापूर्वक पुरा गरिसकेका छन् ।

सन् २०२२ मा मात्र सार्वजनिक भएको एमजी४ ईभीले सन् २०२४ मा ‘ओभरल टप कार आफ २०२४’ बेस्ट भ्यालु ईलेक्ट्रिक कार २०२३, कार अफ दी एयर २०२३, बेस्ट भ्यालु इलेक्ट्रिक कार २०२२ र बारजियन अफ दी एयर टप गेयर अवार्ड २०२२ जितिसकेको छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

वि.सं.२०८२ चैत ७ शनिवार १९:४९

काठमाडौं । भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स...

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

वि.सं.२०८२ चैत ६ शुक्रवार १६:०७

काठमाडौं – युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (अधिकृत वितरक, टोयोटा) ले...